default_image

9 years ago

August 21, 2016

नेपाली खेलाडीको पहिलो बायोग्राफी आउँदै

153 views

0 Bookmark

नेपालगन्ज

कीर्तिमानी भारोत्तोलक ओलम्पियन सुरेन्द्र हमालको बायोग्राफी आउने भएको छ । नेपाली खेलाडीको सम्भवतः यो पहिलो बायोग्राफी हो ।

आइतवार नेपालगन्जको घरवारीटोलस्थित निवासमा भएको अनौपचारिक भेटघाटमा ओलम्पियन हमालले पत्रकारहरुलाई आफ्नो आत्मकथा आउन लागेको जानकारी दिए । नेपाली भारोत्तोलनका सर्वाधिक सफल खेलाडी हमालको आत्मकथा यही भदौ तेस्रो साता ‘बजारमा आउने तयारीका साथ काम भइरहेको उनले बताए ।

biography

यसको लेखन, सम्पादन र प्रकाशनको सम्पुर्ण जिम्मेवारी क्रिएटिभ बुक्सले लिएको छ । दुई बर्षअघि क्यान्सरबाट पीडित भई उपचारपछि निको भएका हमालले त्यतिबेलादेखि नै जीवनलाई समिक्षा गर्न थालेको सुनाए । ‘जब म मृत्युसँग लडिरहेको थिएँ, मेरा मनमा अनेक कुराहरु खेले, त्यतिबेलादेखि नै जीवनका बारेमा समिक्षा गर्न थालें ।’ उनले भने–‘फलस्वरुप पुस्तकको आकार तयार भयो ।’

खेलाडीको शहरका रुपमा परिचित नेपालगन्जलाई सदभावको शहर बनाइराख्न खेलाडीको भुमिका रहेको उनले स्मरण गरे । ‘विविध जातजाति र धर्मावलम्वी र समुदायको बसोबास रहेको नेपालगन्जमा सदैव एकता र सद्भावको सन्देश दिन सफल भएका थियौं ।’ उनले भने –‘यो पनि पुस्तकमा समावेश गरिएको छ ।’ राजधानी काठमाडौंदेखि दुरदराजको एक सिमावर्ती शहरमा बसेर खेलकर्म गर्न कति मेहनत र परिश्रम गर्नुपर्यो भन्ने संघर्षका कथा पनि पुस्तकमा समावेश गरिएको उनले सुनाए । ‘सुविधासम्पन्न प्रशिक्षण केन्द्र थिएनन्, सडक थिएन ।’ उनले भने ‘पहिलो राष्टिय खेलकुदमा भाग लिन काठमाडौं जाँदा भारतीय बाटो हुँदै गएको र भोजन लगायत बन्दोबस्तीका सामान यहीबाट बोकेर लैजानुपरेको थियो । नदी पार गर्दा हामीले चामलका बोरा हामी आफैं बोक्थ्यौं ।’ उनले भने । सक्रिय खेलाडी जीवनमा अनुशासनका कारवाही भोग्नुपरेको तीतो पनि उनले सुनाए । ‘म एकदम फर्ममा थिएँ, म कारवाहीमा परें, प्रशिक्षणमा रोक लगाइयो ।’ उनले भने –‘यसले गर्दा मेरो पहिलेको जस्तो उत्कृष्ट प्रदर्शन फेरि हुन सकेन, मेरो गति त्यत्तिकैमा रोकियो । यसले गर्दा मेरो लागि पनि त्यो घाटा भयो, राष्टका लागि पनि ।’

सन् १९८४मा अमेरिकाको लसएञ्जल्समा सम्पन्न विश्व खेलकुदको महामेला ओलम्पिकको २३औं संस्करणमा सहभागि भएका हमालले सन् १९८३मा सिरियामा भएको एशियन भारोत्तोलन च्याम्पियनसीपमा कास्य पदक जितेको थिए । यो नै नेपाली भारोत्तोलनको ठुलो पदक हो । दक्षिण एशियाली महासंघीय खेलकुद(साफ)को पहिलो र दोस्रो संस्करणमा रजत पदकधारी हमालले साफका आधा दर्जन बढी पदक हात पारेका छन् । खेलकुद र राजनीतिलाई सँगसँगै अघि बढाएका हमाल नेपालगन्जस्थित महेन्द्रबहुमुखी क्याम्पसा स्ववियु सभापति एवं २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना पश्चात भएको पहिलो स्थानीय निर्वाचनबाट नेपालगन्ज नगरपालिकामा उपमेयर निर्वाचित भएका थिए । उनी हाल राष्टिय खेलकुद परिषदमा कोषाध्यक्षको जिम्मेवारीमा छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.