5 years ago
August 2, 2020
भैरहवा (हाम्रो खेलकुद) — भैरहवामा शनिबार साइक्लिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । भैरहवाबाट प्रकाशित न्यूज ओके पत्रिका को पाँचौ वर्ष प्रवेशको अवसरमा सिद्धार्थनगर सिटी साइक्लिङ च्याम्पियनसिप आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

रुपन्देहीको सिद्धार्थनगर क्षेत्रलाई खेल पर्यटनको माध्यमबाट पनि चिनाउने उद्देश्यले साइक्लिङ आयोजना गरिएको न्यूज ओके पत्रिकाको प्रकाशन गृह पोर्ट मिडिया प्रालिका अध्यक्ष बिमल सेन्चुरीले बताए । उनले साइक्लिङ मानविय स्वास्थ्य तथा वातावरण मैत्री भएकाले च्याम्पियनसिप आफैमा उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।
४० किलोमिटरको दूरीमा राखिएको साइक्लिङ सिद्धार्थनगर नगरपालिकाबाट सुरु भई रोहिणी गाँउ पालिका, ओम सतीया गाँउपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाँउपालिका र मायादेवी गाँउपालिका हँुदै पुन सिद्धार्थनगर पुगेर टुंगिने बताइएको छ ।
भैरहवा क्षेत्रका साथै छिमेकी नगर तथा गाँउपालिकाले प्रतियोगितााम भाग लिन पाउने अध्यक्ष सेन्चुरीले जानकारी दिए । साइक्लिङमा ४५ वर्ष मुनि र ४५ वर्ष माथिका उमेर समूहको अलग अलग प्रतिस्पधाए हुने पोर्ट मिडियाका प्रबन्ध निर्देशक विक्रम मल्लले बताए ।
दौडमा प्राविधिक सहयोगमा साइकल सिटी भैरहवा रहेको छ । साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य सारु मगरले साइक्लिङ को माध्यमबाट खेल तथा पर्यटनको क्षेत्रमा सिद्धार्थनगरको पहिचान बढ्नुका साथै साइक्लिङमा धेरैको आकर्षण बढ्ने विश्वास लिए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले प्रतियोगिता रचनात्मक भएको र यसले रोजगारीका अन्य पाटाहरु पनि श्रृजना गर्ने बताए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले न्यूज ओकेले पत्रिका प्रकाशन गरी निशुल्क पाठक माझ पुरयाएको मात्र नभई नयाँ काम पनि गर्दै आएको सफलताको कामना गरे । साइक्लिङका माध्यमबाट पर्यटन विकासमा समेत टेवा पुग्ने उनको विश्वास छ । प्रतियोगितामा ५० जनाको सहभागित रहने विश्वास गरिएको छ ।
विगत ४ वर्षदेखि निरन्तर रुपमा निशुल्क पत्रिका लिएर आएको यस मिडियाले कोरोनाको महामारीसँगै देशमा गरिएको लकडाउनका कारण आफ्नो प्रकाशनलाई निरन्तरता दिन नपाएको न्यूज आके पत्रिकाका सम्पादक मनोरञ्जन शर्माले बताए । चार महिना प्रकाशन बन्द भएको पत्रिका गत साताबाट पुनः सन्चालनमा आएको छ ।
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]