5 years ago
August 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डटकमले आफ्नो पाँचौ वार्षिकोत्सवका अवसरमा गरेको कन्टेस्ट दोलखाका आशिक नेपाली (जान सुन) ले जितेका छन् ।

कन्टेस्टमा भाग लिनेले फेसबुक पेजमा राखिएको पोस्ट सेयर गर्दै २ जना साथीलाई ट्याग गर्नुपर्ने प्रावधान थियो । ५ सय भन्दा बढीको सहभागिता रहेको कन्टेस्टमा आशिकले ५ हजार रुपैयाँको गिफ्ट भौचर जितेका छन् ।
त्यस्तो उदयपुरकी आरुषी थापाले दोस्रो हुँदै ३ हजार रुपैयाँको दोस्रो पुरस्कार तथा दोलखाकै राज खत्रीले २ हजार रुपैयाँ बराबरको तेस्रो पुरस्कार स्वरूप गिफ्ट भौचर जितेका छन् । वार्षिकोत्सवको अवसर पारेर गरिएको कन्टेस्टअन्तर्गत सोमबार गोलाप्रथाका आधारमा तीन विजेताको टुंगो लागेको थियो ।
विजेताहरुले बानेश्वरमा रहेको स्पोर्टस् युनिभर्सबाट प्राप्त गिफ्ट भौचर बराबरको रकमबाट त्यहाँ रहेका सामाग्री प्राप्त गर्न सक्नेछन् ।
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]