default_image

5 years ago

August 4, 2020

एथलेटिक्स सहायक प्रशिक्षक राईको निधन

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईको उपचारको क्रममा निधन भएको छ । सल्यान जिल्ला खेलकुद विकास समितिमा कार्यरत ४८ वर्षे सहायक प्रशिक्षक राईको काठमाडौं रिसर्च सेन्टरमा उपचारको क्रममा सोमबार राती निधन भएको थियो । मंगलबार बिहान पशुपति आर्यघाटमा उनको अन्त्यष्टी गरिएको एथ्लेटिक्स प्रशिक्षक धनीराम चौधरीले जानकारी गराए ।

राईको वैशाख पहिलो साता अन्नपूर्ण न्युरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि उनलाई क्यान्सर भएको पुष्टि भएको थियो । त्यसपछि उनलाई भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको थियो । ओरल किमोपछि सुरुवाती महिना राम्रो भएपनि पछिल्लो दुई साताअघि एक्कासी वान्ता भएपछि केही असहज महसुस भएको थियो । दुई दिनअघि श्वास प्रश्वासमा समस्या भएपछि उनलाई काठमाडौं रिसर्च सेन्टरमा पु¥याइएको थियो ।

पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएपनि उनको परिवारले सल्यानमै गएर काजकिरिया गर्ने प्रशिक्षक चौधरीले बताए । सल्यान खलंगाका राइका श्रीमती दुई छोरी, एक छोरा छन् । उनले छोराले पनि दुवै आँखा देख्दैनन् । २०५२ मा करारमा सहायक प्रशिक्षक नियुक्त भएका थिए । २०६२ मा स्थायी नियुक्ति हुनुपर्ने भएपनि उनी अझै करारमै थिए ।

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

Success

Thank you for your time.