5 years ago
August 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली कांग्रेस खेलकुद विभागका संयोजक मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । मोहनबहादुरका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा शुक्रबार बिहान १२ः३० बजे महाराजगन्ज त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएको थियो ।

लामो समयदेखि नसा सम्बन्धी रोगबाट पीडित बस्नेत तीन दिनदेखि सेन्टरको आइसियूमा उपचार गराइरहेका थिए । बस्नेतको आजै सिन्धुपाल्चोकस्थित बाह्रबिसे दोभानमा अन्तिम संस्कारण गरिने मोहनबहादुर बस्नेतका सहयोगी रामेश्वर आचार्यले जानकारी दिए । बस्नेतका ५ छोरा र ५ छोरी छन् । पूर्व मन्त्री समेत रहेका मोहनबहादुर बस्नेत बाह्रबिसे नगरपालिका वडा नं ४ का स्थायी बासिन्दा हुन् ।
यसैबीच संयोजक बस्नेतलाई पितृ शोक परेपछि कांग्रेसको खेलकुद विभागले शुक्रबारका लागि तय गरेको पत्रकार सम्मेलन अर्को सुचना नभएसम्मका लागि स्थगित गरेको छ । विभागले अन्तर्राष्ट्रिय कराते प्रतियोगितासहित सहित सभापति कप फुटबल, जुडो, भलिबल, तेक्वान्दो, क्रिकेट, उसु, कुस्तीलगायत विभिन्न खेलका राष्ट्रिय प्रतियोगिताको जानकारी दिन पत्रकार सम्मेलनको तयारी गरेको विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]