default_image

5 years ago

October 10, 2020

सहारा यूकेका पूर्व अध्यक्ष गुरुङलाई बेलायतमा एमबिई अवार्ड

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखराको सहारा क्लबको शाखा सहारा यूकेका पूर्व अध्यक्ष एवंम समाजसेवदी दीलिपकुमार गुरुङ बेलायतमा मेम्बर अर्डर अफ द ब्रिटिस एम्पायर (एमबिई) अवार्डबाट सम्मानित भएका छन् ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको जन्मोत्सवका अवसरमा सामाजिक कार्यमा योगदान र्पुयाएबापत पूर्वगोर्खा सैनिक समेत रहेका गुरुङ सम्मानित हुने सूचीमा समावेश गरिएका थिए । गुरुङले बेलायती सेनामा २० वर्ष सेवा गरेका थिए ।

अनाथहरुका लागि फुटबल एकेडेमी सञ्चालन र आहा रारा गोल्ड कपको आयोजना पोखराको सहारा क्लबको मानार्थ सदस्य समेत रहेका गुरुङ विभिन्न समाजिक कार्यमा संलग्न रहँदै आएका छन् । उनी सहाराको यूके शाखाको पूर्व अध्यक्ष समेत हुन् ।

सैनिक सेवाबाट अवकाशपछि सामाजिक सेवामा खटिरहेका गुरुङ कोल्मा बहाकोट समाज यूकेका समेत अध्यक्ष रहि सकेका छन् । गुरुङले स्याङ्जास्थित कोल्मा बहाकोट पुख्र्यौली घरमा सांस्कृतिक संग्रहालय स्थापना गरेका छन् ।

गृह जिल्लामै युवालाई क्रियासिल गराउन फुटसल पनि सञ्चालन गरेका छन् । उनकै सक्रियतामा स्याङजा बिरुवाको ओरष्टेमा स्वास्थ्य केन्द्र पनि निर्माण भइरहेको छ । गुरुङ बेलायतमा रहेको द गोर्खा होटल रेस्टुरेन्ट एन्ड पप ब्ल्याक पुलका म्यानेजिङ डाइरेक्टर छन् ।

द गोर्खा होटल रेस्टुरेन्टबाटै उनले कोरोना भाइरस नियन्त्रणका लागि बेलायतभर लगाइएको लकडाउनमा भिक्टोरिया हस्पिटल ब्ल्याक पुलमा दुई महिनासम्म निस्शुल्क खाना खुवाएका बताइएको छ ।

ब्ल्याक पुलमा १० किलोमिटरको च्यारिटी दौडमा पनि १० पटकभन्दा बढी भाग लिइसकेका छन् । महारानीको जन्मोत्सवका अवसरमा कुल १ हजार ४ सय ९५ जनालाई दिइएको सम्मान पाउनेमा उनी एक्लो नेपाली मूलका व्यक्ति रहेको बताइएको छ ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.