default_image

5 years ago

November 8, 2020

स्वास्थ्य मापदण्ड अपनाउँदै धारा नेपालगन्ज म्याराथन हुने

184 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज म्याराथनले यो वर्ष पनि निरन्तरता पाउने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि खेलकुदका सबै खाले प्रतियोगिता स्थगित छन् । चैत ११ गते सरकारले कोरोना संक्रमणको न्यूनिकरणका लागि गरेको लकडाउनयता खेलकुदको प्रतियोगिता हुन लागेको नेपालगन्ज म्याराथन पहिलो हो ।

क्रिएटिभ ह्यान्ड्सको आयोजना,तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापन र धारा शुद्ध तोरीको तेलको मुख्य प्रायोजनमा छैटौं धारा नेपालगन्ज म्याराथन मंसिर ६ गते आयोजना हुने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।

आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीका अनुसार म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दिइसकेको छ । त्यस्तै अर्कोतर्फ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा लिएको छ । ठकुरीका अनुसार नेपाल एथलेटिक्स संघले विगतमा जस्तै नेपालगन्जमा साथ दिएको छ ।

केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा तेलले मुख्य प्रायोजन गरेको म्याराथनमा आर्शिवाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंक सहकार्य रहेको छ । खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य रहने म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ । दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, निदान डाइग्नोष्टिक, होटल भ्यु सिद्धार्थ लगायत पार्टनर रहेका छन् ।

म्याराथन आयोजनाका क्रममा कोराना बढ्दो संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाइने बताइएको छ । म्याराथनमा भाग लिने खेलाडीले दौडमा बाहेक बाँकी समयमा मास्कको प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम आयोजकले आग्रह गरेको छ । स्वास्थ्य मापदण्डलाई अपनाएर खेलकुद गतिविधि सुरु गर्न सकिन्छ भन्ने देश व्यापी सन्देश दिनका लागि पनि नेपालगन्ज म्याराथन सफल हुनेछ आयोजकले विश्वास लिएको छ ।

कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको बताइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिने पत्रकार सम्मेलनमा जानकारी गरायो ।

गत वर्ष ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समावेश गरिएको थियो ।

कर्पोरेर फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ विश्वास गरिएको छ । म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफमा ६ जनालाई नगद पुरस्कार प्रदान गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता व्यक्त गरे ।

मुख्य प्रायोजक केएल दुग्गड गु्रपका महाप्रवन्धक प्रदीप छाजेडले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउदै जाने प्रतिबद्धता जनाए । सहप्रायोजक आशिर्वाद पेन्टसका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य संघका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिने बताए ।

नेपालगन्जम्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद जितेका थिए ।

त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।

December 20, 2025

रुविन र इभाना अन्तरवडा राष्ट्रिय टेबल टेनिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]

December 20, 2025

नेप्लिज तेक्वान्दो आइओएफटिसीको टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप  (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

Success

Thank you for your time.