default_image

9 years ago

September 13, 2016

सुजना लोहनी नेपालको पहिलो महिला फीडे मास्टर

180 views

0 Bookmark

भदौ २८ अजरबैजान
अजरबैजानको बाकुमा जारी ४२ अौं चेस अोलम्पियादमा दशौ चरणको खेलमा जीत हात पारे पछि सुजना लोहनी नेपालको पहिलो महिला फीडे मास्टर भएकी छिन् । अजरबैजानको बाकुमा जारी ४२ औ चेस ओलम्पियाडमा अाठौं खेलमा आबस्यक पर्ने ६ अंक अाठ खेलमा पुरा गरेकी सुजनाले दशौं चरणको खेलमा लससोथोकि मनेउली पराजि गरेका थिए।अन्तिम चरणमा अरुवाको ज्याकोब्स अनालाइकेसंग प्रतिस्पर्धा गर्दै छिन् ।

sujana lohani

लोहनीले प्रतियोगितामा छ जित र दुई हार ब्यहोरेका थिए। सो खेलमा नेपाल २.५–१.५ ले विजयी भयो । नेपालकी सिन्दरा जोशीले जित हात पारेको खेलमा मोनालीसा खुम्बुको बराबरी भयो ।यसै गरी, शान्ता थापा पराजित भइन् । ग्रीनल्यान्ड स्कुलकी उत्पादन सुजनाका प्रशिक्षक मनीष हमाल आठ बर्ष अघि जर्मनीमा भएको ओलम्यिाडमा सफलता पाउदै नेपालको पहिलो फीडे मास्टर भएका थिए । चेस खेललाई प्राथमिकता दिएको ग्रीनल्यान्ड स्कुलले सोही समयमा उत्तम राज थापालाई प्रशिक्षकको रुपमा राखेको थियो । थापा पछि मनीषले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । नर्वेमा भएको ४१ अौं चेस अोलम्पियादमा सुरुची थिङले पहिलो सि एमको उपाधि पाएका थिए।
बाकु ओलम्पिायडको १० औ चरणमै खुला तर्फ नेपाल चाइनीज ताइपेइसंग ३–१ ले पराजित भयो । रेटिङ्गको तुलनामा उत्कृष्ट प्रदर्शन गरिरहेको चाइनीजताइपेइसंगको खेलमा नेपालका क्षितिज भण्डारी र सजिन मर्हजनको बराबरी भयो भने केशब श्रेष्ठ र निरज निरौला पराजित भए ।  एघारौं चरणमा पुरष टिमले इराक र महिला टिमले अरुबासंग खेल्ने छन्।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.