default_image

5 years ago

December 16, 2020

एसियाडको २१ औं संस्करण कतारमा

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली क्षेत्रको सबैभन्दा ठूलो खेल मेला एसियाली खेलकुदको २१ औं संस्करण कतारको दोहामा आयोजना हुने भएको छ ।

ओमानको मस्कटस्थित जेडब्लू मेरियट होटलमा भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को साधारण सभाका दौरान भएको ४५ राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधिको मतका आधारमा सन् २०३० का लागि कतारले एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको हो । दोहाले सर्वाधिक मत प्राप्त गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

दोहाले २७, रियादले १० मत प्राप्त गरेको थियो भने ८ मत कसैको पक्षमा परेन । दाहोले यसअघि सन् २००६ मा एसियाली खेलकुद आयोजना गरेको छ । त्यस्तै सन् २०३४ मा हुने एसियाली खेलकुदको २२ औं संस्करणको आयोजनाको जिम्मेवारी रियादले पाएको छ । आउने १४ वर्ष सम्मका लागि एसियाली खेलकुद आयोजनाको जिम्मेवारीको निधो भइसकेको छ ।

ओसिएको साधारण सभामा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठले भाग लिएका थिए । केहि दिनअघि दोहाको पक्षमा मत माग्न त्यहाँका प्रतिनिधि नेपाल आएका थिए । कतारले दुई वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्व कप आयोजना गर्दैछ ।

अर्कोतर्फ रियादले यसअघि एसियाली खेलकुद आयोजना गरेको छैन । एसियाली खेलकुदको १९ औं संस्करण २०२२ मा चीनको हान्झौमा र २० औं संस्करण सन् २०२६ मा जापानको आइची-नागोयामा आयोजना हुनेछ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.