5 years ago
January 28, 2021
पोखरा (हाम्रो खेलकुद)– पोखरामा यसै महिना सुरु हुने प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमले गर्ने भएको छ ।

प्रत्यक्ष प्रसारणका लागि आयोजक संस्था र हाम्रो खेलकुदबीच सम्झौता भएको छ । सम्झौता अनुसार हाम्रो खेलकुदले आयोजकलाई नगद र खेल सामाग्री गरि १ लाख रुपैयाँ बराबर आयोजकलाई प्रदान गर्ने प्रतियोगिताका प्रचार प्रसार समितिका संयोजक राम कृष्ण ज्ञवालीले जानकारी दिए ।
हाम्रो खेलकुदले सामाजिक संजाल फेसबुक र युटुयुब मार्फत प्रतियोगिताको प्रसारण गर्ने छ । हाम्रो खेलकुदले आयोजकलाई ५० हजार रुपैयाँ र ५० हजार रुपैयाँ बराबरको खेल सामाग्री उपलब्ध गराउने सम्झौतामा उल्लेख गरेको प्रचार प्रसार संयोजक ज्ञवालीले बताए ।
ज्ञवालीले भने–’पोखरामा आयोजना हुने फुटबल लगाएतका खेलमा टेलीभिजनहरुले प्रत्यक्ष प्रसारणको ‘राइट्स’ किनेको थाहा भए पनि भलिबलको भने पहिलो पटक प्रत्यक्ष प्रसारणका लागि यो सम्झौता हुनु सुखद पक्ष हो । यसले आयोजकको मनोबल बढाएको छ ।’
पोखरा रंगशालाको भलिबल कोर्टमा माघ २७ गते देखि फागुन १ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भौतिक रुपमा प्रतियोगितामा उपस्थित हुन नसक्ने भलिबलप्रेमीका प्रत्यक्ष प्रसारणमार्फत देखाउने प्रयास गर्न लागिएको हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले बताएका छन ।
तिमल्सिनाले भने–’ कोभिड १९ महामारीले खेलकुद गतिविध ठप्प रह्यो । विस्तारै खेल गतिविधि सुरु भएको छ । यस्तोमा पोखरामा हुने प्रतियोगिताको प्रत्यक्ष प्रसारण भलिबलप्रेमीले हुर्न सकुन् भन्नका लागि हामीले यो सम्झौता गरेका हौं । यसले भलिबलको लोकप्रियतालाई अझै बढाउने विश्वास हामीले लिएका छौं ।’

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा महिला र पुरुषतर्फ समान ४ टोलीको सहभागिता रहनेछ । दुवैतर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहनेछ । महिला तर्फ न्यू डायमण्ड स्पोर्टस् क्लब र पुरुषतर्फ गण्डकी प्रदेश चौथो टोलीका रुपमा रहेका छन् ।
राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने पुस्कार, प्रमाणपत्र एवंम् ट्रफी व्यवस्थापन समितिका संयोजक डिबी नेपालीले जानकारी दिए ।
प्रतियोगिता दुवैतर्फका विजेताले उपाधिसहित समान १ लाख ५० हजार, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै दुवैतर्फका विधागत उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकरले समान ५ हजार रुपैयाँ प्राप्त गनेृछन् ।
२५ लाख रुपैयाँ अनुमानित खर्च हुने प्रतियोगितामा ३० लाख रुपैया वचन हुने अपेक्षा गरिएको गु्रपका अध्यक्ष नारायण प्रसाद शर्माले बताए । प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने उनले जानकारी दिए ।
प्रतियोगितामा राउन्ड रोविनका लागि १ सय रुपैयाँ, तेस्रो स्थानका लागि १ सय ५० रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]