9 years ago
October 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्यायाम मन्दिरका अर्र्जुन बर्णवालले लगातार दोस्रो पटक शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । अर्जुनले शुक्रबार चौधौं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता जितेका छन् । उनले दुई साता अघि पोखरामा सम्पन्न बुल्समेन शारीरिक सुगठन च्याम्पियनसिपको पनि उपाधि जितेका थिए । त्यो उनको खेल जीवनको पहिलो उपाधि थियो ।

८० केजी तौल समूहका विजेता समेत रहेका अर्जुन ५० औं एसियाली च्याम्पियनसिपका स्वर्ण पदक जितेका सेप्ट फिटेनसका महेश्वर महर्जनलाई हराउँदै शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित चौधौं धर्मश्रीको उपाधि जितेका हुन् । अर्जुनले पोखरामा पनि महेश्वरलाई नै हराएका थिए ।
गत बर्ष धर्मश्री जितेका महेश्वर ८० केजी तौल समूहका च्याम्पियन हुन् । उनले गत महिना भुटानको थिम्पुमा भएको एसियाली च्याम्प्यिनसिपमा पदक जितेका थिए ।
उपाधि, ब्यानेट सहित अर्जुनले ५ लाख रुपैयाँ प्राप्त गरे । महेश्वरले २ लाख रुपैयाँ पाए । ७५ केजी तौल समूहका विजेता ग्रिनविस फिटनेस झापाका उमेर राई समग्रमा तेस्रो भएको छन् । उनले १ लाख प्राप्त गरे ।
समग्र च्याम्पियनसिपमा ब्यायाम मन्दिरका रामहरी खनाल चौथो भए । उनी ७० केजी तौल समूहको विजेता हुन् । ६५ केजीका विजेता रामबहादुर दाहाल समग्रमा पाँचौं, संजीव कुमार श्रेष्ठ (६० केजी) छैटौं र रत्नश्री पोखराका कमल भन्डारी (५५ केजी) सातौं भएका थिए । रामहरीले ८०, रामबहादुरले ७५, सञ्जिवले ६० र कमलले ५० हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल ब्यायाम मन्दिरको आयोजना तथा जिओनी मोवाईलको प्रायोजनामा भएको धर्म श्रीमा ५५ केजीमा तौल समूहमा बुल्स जिम पोखराका सुरेश गुरुङ दोश्रो र कालिमाटी फ्रेन्डसिपका सविन महर्जन तेश्रो भए ।
सञ्जिव विजेता भएको ६० केजीमा व्यायाम मन्दिरका आशिष देवाजु दोश्रो र न्यू फ्लेक्सका रमेश कार्की तेश्रो भए । त्यस्तै ६५ केजीमा कम्प्लिट हेल्थका अनिल लाल श्रेष्ठ दोश्रो र यारो फिटनेश झापाका विकास धिमाल बन्दा ७० केजीमा सेप फिटनेसका राजेश मगरले दोश्रो र सेप टु फिटनेसका किरण यादवले तेस्रो स्थान हासिल गरे ।
७५ केजीमा नेपाल जिमका मिस्टर काठमाण्डौ नविन राना द्वतिय र सेप टु फिटनेसका प्रवेश श्रेष्ठ तृतिय भए । ८० केजी तौलमा ब्रदर एन्ड सिस्टरका तुलबहादुर श्रेष्ठ दोश्रो र न्यू फ्लेक्सका नरेश मालाकार तेश्रो भए । ८० केजी माथीको तौलमा प्लानेट फिटनेसका प्रकाश राई र ब्यायाम मन्दिरका गिरिष महर्जन तेश्रो भए ।
सबै तौल समूहका दोस्रो हुनेले २५ र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।
दुई दिने प्रतियोगिताको पहिलो दिन बिहीबार प्रिजजिङ राउन्डबाट हरेक समूहका पाँच खेलाडी फाइनल चरणका लागि छनोट भएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]