default_image

5 years ago

February 8, 2021

टाइगर कप आमन्त्रण भलिबलको खेल तालिका सार्वजनिक

178 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखराको आयोजनामा मंगलबारदेखि आयोजना हुने टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा र टेक्निकल कमिटिले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार पहिलो दिन मंगलबार महिलातर्फ नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो दिन बुधबार पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार एपिएफ र आर्मी तथा पुलिस र न्यु डायमन्डबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार एपिएफ र न्यु डायमन्डबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको अन्तिम दिन शनिबार राउन्ड रोविन लिगमा शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।

यस्तै पुरुषतर्फ पहिलो दिन मंगलबार स्थानिय टोली गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच उद्घाटन खेल हुनेछ । बुधबार गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा नेपाल पुलिस क्लब र एपिएफबीच खेल हुनेछ ।

बिहीबार आर्मी र एपिएफबीच खेल हुनेछ । शुक्रबार गण्डकी प्रदेश र एपिएफ तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अन्तिम दिन राउन्ड रोविन लिगको शीर्ष दुईमा रहने टोलीबीच उपाधि भिडन्त हुनेछ ।

राउन्ड रोविनको आधारमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ चार र महिलातर्फ चार टिमको सहभागिता रहनेछ । महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र न्यु डायमण्ड एकेडेमीको सहभागिता छ ।

पुरुषतर्फ सशस्त्र प्रहरी बल,त्रिभुवन आर्मी क्ल्ब, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । प्रतियोगिताको विजेताले समान एक लाख ५० हजार तथा उपविजेताले समान ७५ हजार प्राप्त गर्नेछन् ।

तेस्रो हुनेले समान ३५–३५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको सान्त्वना टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, डिफेन्डर र स्पाइकरले समान ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले गर्दैछ ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.