default_image

5 years ago

February 9, 2021

उत्साहका साथ पुनरागमन गर्दै विनिता

193 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब महिला भलिबल टोलीकी कप्तान विनिता बुढाथोकीले झन्डै एक वर्ष पनि कोर्टमा पुनरागमन गर्ने भएकी छिन् । गत वर्ष फागुनमा नेपालगञ्जमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा चोट लागेपछि विनिता कोर्ट बाहिर रहँदै आएकी छिन् ।

नेपाल पुलिस क्लबविरुद्ध फागुन २१ गते भएको फाइनलका दौरान विनिताको दायाँ खुट्टामा चोट लागेको थियो । खेलको तेस्रो सेटमा पुलिस २२–१४ ले अगाडि रहेको बेलामा उनी घाइते भएकी थिइन् ।

विनिताको दायाँ खुट्टाको कुर्कुच्चा भन्दा केहि माथि मांशपेशीमा चोट लागेको बताइएको छ । फागुन ३० गते बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा उनको खुट्टाको शल्यक्रिया भएको थियो । उनको खुट्टामा प्लास्टर पनि गरिएको थियो । प्लास्टर निकालेपछि भने उनले नियमित फिजियोथेरापी गराएकी थिइन् ।

पोखरामा मंगलबार सुरु हुने टाइगर टप राष्ट्रिय महिला भलिबलमार्फत विनिताले पुनरागमन गर्न लागेकी हुन् । झन्डै एक वर्षपछि कोर्टमा फर्कने तयारी गर्दा खुसी लागेको विनिताले हाम्रो खेलकुदलाई बताइन् ।

‘चोट लागेपछि शल्यक्रिया र त्यसपछि लकडाउनका समयमा नियमित फिजियो थेरापी गराएकी थिए। त्यसले धेरै आराम भएको छ,’ उनले भनिन्, ‘अहिले त्यस्तो दुःखाई छैन । लामो समयपछि फर्कन पाउँदा उत्साहित पनि छु ।’

कोभिड १९ का कारण गत वर्ष चैत ११ गते सरकारले लकडाउन गर्नुअघि प्रधानमन्त्री कप भलिबलको अन्तिम प्रतियोगिता थियो । त्यसयता टाइगर टप पहिलो प्रतियोगिता हो । गत महिला पोखरामै एपिएफ र होंगान्जी न्यू डायमन्डबीच मैत्रीपूर्ण खेल हुँदा विनिता खेलेकी थिइनन् ।

राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीलाई नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड २०७६ को पिपल्स च्वाई अवार्डमा विजयी गराउने अभियानका लागि पोखरामा एपिएफ र न्यू डायमण्डबीच मैत्रीपूर्ण खेल भएको थियो । त्यसमा विनिता नहुँदा उनको सेटर पोजिसनमा रेश्मा भण्डारी खेलेकी थिइन् ।

एपिएफका प्रशिक्षक महेश चौधरीले पनि विनिताको पुनरागमनले टोलीमा उत्साह छाएको बताए । ‘योबीचमा कोरोनाका कारण प्रतियोगिता भएन । विनिताले यो बीचमा आफूलाई चोटमुक्त हुन र फिट हुन समय पाइन्,’ उनले भने, आशा गरौं उनी पुरानै अवस्थामा खेल्न सफल हुने छिन्।’

टाइगर कपमा एपिएफ, न्यू डायमण्डसहित पुलिस र त्रिभुवन आर्मी क्लब रहेका छन् । त्यस्तै पुरुष तर्फ ३ विभागिय टोलीले स्थानिय गण्डकी प्रदेश रहेका छन् । राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी विनिताको नेतृत्वमा एपिएफले घरेलु भलिबलका अधिकांश प्रतियोगिताको उपाधि जितेको छ । विनिताले झन्डै दुई दशक राष्ट्रिय महिला टोलीबाट खेलिसकेकी छिन् ।

उनले सन् १९९९मा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) को आठौं, दशौं (२००६), १२ औं (२०१६) र १३ औं (२०१९) मा भलिबलबाट कास्य पदक जितेकी थिइन् । पछिल्लो १३ औं सागमा भने उनले बीच भलिबलमार्फत देशका लागि पदक दिलाएकी थिइन् । विनिताले उनै नविकासँगको जोडी बनेर १३ औं सागमा कास्य पदक जितेकी थिइन् ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.