default_image

5 years ago

February 10, 2021

आर्मीमाथि गण्डकीको सानदार जित

214 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ अन्तर्गत दोस्रो दिनको पुरुषतर्फफको पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिभराउ त्रिभुवन आर्मी क्लबलाई घरेलु टोली गण्डकी प्रदेशले ३-१ को सेटमा पराजित गरेको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा पहिलो सेटमा पराजित भएपनि त्यसपछि लगातार तीन सेट जित्दै गण्डकीले आर्मीलाई स्तब्ध पारेको थियो ।

पहिलो सेटमा आर्मी २५-२२ ले विजयी भएको थियो । दोसो सेटमा पनि आर्मीले सुरुवाती अग्रता लिएको थियो । तर लगातार १२ अंक जोडेपछि आर्मी गण्डकी सामू स्तब्ध हुन पुगेको थियो । गण्डकी दोस्रो सेटमा लगातार १२ अंक जोड्दा १६-६ को अग्रता लिएको थियो । गण्डीकले दोस्रो सेट २५-१४ को सहज जित हात पारेको थियो ।

तेस्रो सेटमा खेल सुरुवाती समय प्रतिस्पर्धात्मक भएको थियो । एक समय १४-१४ को अवस्थामा थियो । तर घरेलु समर्थकको राम्रो साथ पाएको गण्डकीले उत्कृष्ट प्रर्दशनका साथ तेस्रो सेट २५-१८ ले जित्यो । तेस्रो सेट २५-१७ ले जित निकाल्दै गण्डकीले आर्मीलाई स्तब्ध पारेको थियो ।

आर्मीका खेलाडीले खेलमा गल्ती बढी गरेका थिए । रेफ्रिको निर्णयमा पनि असन्तुष्टि बढी जनाएका थिए । योसँगै गण्डकीले फाइनल यात्रा सम्भावना कायमै राखेको छ । पहिलो खेलमा गण्डकी पुलिससँग ३-० ले पराजित भएको थियो । आर्मीले भने हारका साथ सुरुवात गरेको छ ।

आजको दोस्रो खेलमा पुलिसलाई एपिएफले ३-२ को सेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा एपिएफ २७-२५ ले विजयी भएको थियो । दोस्रो सेटमा एपिएफ २५-२० ले विजयी भएको थियो ।

सुरुवाती दुई सेट गुमाएको पुलिसले लगातार दुई सेट जित्दै खेललाई पाँचौं सेटमा पुर्याएको थियो । तेस्रो सेटमा पुलिस २५-२० ले विजयी हुन पुग्यो । पुलिसले चौथो सेटमा सहज जित निकाल्ने क्रममा २५-९ ले एपिएफलाई हराएको थियो । पाँचौं सेटमा भने एपिएफले पुलिसलाई १५-१० ले जित्दै खेलनै जितेको थियो ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.