5 years ago
February 11, 2021
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले प्रथम आमन्त्रण टाइगर कप खुल भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि संघर्षपुर्ण जित निकालेको छ ।

पोखरारंगशालास्थित कभर्डहलमा बिहीबार भएको खेलमा एपिएफले आर्मीमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । यससँगै एपिएफले फाइनल पुग्ने सम्भावना जीवित राख्दा आर्मी भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो सेटमा आर्मीले २५–१८ को जित निकालेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपिएफ २७–२५ ले विजयी भएको थियो । तेस्रो सेट पनि एपिएफले २५–१७ ले जित्दै खेललाई २–१ को अवस्थामा ल्याए । चौथो सेटमा आर्मी २५–२० ले विजयी भएपछि खेल पाँचौ सेटमा धकेलिएको थियो ।

निर्णायक सेटमा एपिएफ १५–७ ले विजयी हुन सफल भयो । यो नतिजासँगै एपिएफको दुई खेलबाट २ अंक पुगेको छ । तीन खेलबाट २ अंक जोडेको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]