default_image

3 years ago

February 12, 2021

भलिबलको पर्याय पोखरेली दर्शक

विजय नेपाली, पोखरा समूहगत खेलको ज्यान भनेकै दर्शक हुन् । त्यसैले पनि हो फुटबलमा दर्शकलाई १२ औं खेलाडी भनिन्छ । कतिपय अवस्थामा दर्शकको समर्थन खेलाडीका लागि उर्जाको श्रोत हुने गर्दछ । ठाँउ विशेषमा अलग अलग खेल लोकप्रिय हुन्छन् । पोखराका हकमा फुटबल र भलिबललाई लोकप्रिय खेल मानिन्छ । त्यसो त अन्य खेल यहाँ मन पराइदैन […]

64 views

0 Bookmark

विजय नेपाली, पोखरा

समूहगत खेलको ज्यान भनेकै दर्शक हुन् । त्यसैले पनि हो फुटबलमा दर्शकलाई १२ औं खेलाडी भनिन्छ । कतिपय अवस्थामा दर्शकको समर्थन खेलाडीका लागि उर्जाको श्रोत हुने गर्दछ ।

ठाँउ विशेषमा अलग अलग खेल लोकप्रिय हुन्छन् । पोखराका हकमा फुटबल र भलिबललाई लोकप्रिय खेल मानिन्छ । त्यसो त अन्य खेल यहाँ मन पराइदैन भन्ने होइन । कतिपयका नजरमा दर्शककै कारण पोखराको खेल संस्कृति देशका अन्य भागको भन्दा विशेष छ । भलिबल र फुटबलमा यहाँ उल्लेख दर्शकको उपस्थित रहने गर्दछ ।

कोभिड १९ का कारण अन्तर्राष्ट्रियसँगै घरेलु प्रतियोगिता ठप्प भएका थिए । पूर्ण रुपमा कोभिड १९ नियन्त्रणमा आ नसकेपछि विस्तारै खेल गतिवधि सुरु भएका छन् । क्रिकेटमा पुरुषतर्फको प्रतियोगिता यसै महिना र महिलातर्फको खेल अघिल्लो महिला सम्पन्न भएको छ । महिला राष्ट्रिय लिग चलिरहेको छ ।

खेल गतिविधि पूनरागमन भएपछि पहिलो भलिबल प्रतियोगिताका रुपमा पोखरामा टाइगर कप राष्ट्रिय च्याम्पियनसिप जारी छ । हरेक दिन पोखरा रंगशालाको भलिबल कोर्टमा हुने दर्शकको उपस्थितिले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका पदाधिकारी, सदस्यलाई उत्साहित त बनाएकै छ ।

लामो समयपछि कोर्टमा फर्कदा दर्शकको बाक्लो उपस्थितिले खेलाडीलाई पनि उर्जा दिएको छ । पोखराका दर्शकलाई भलिबल खेलाडीले पनि उच्च सम्मान दिएको उनको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । अझ गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मीलाई हराउँदा दर्शकको उपस्थितिले कस्तो भूमिका खेल्छ भन्ने प्रष्ट थियो । पहिलो सेटमा आर्मी सहजै विजयी भएपनि दोस्रो सेटबाट दर्शकको संख्या बढेसँगै घरेलु टोलीले उर्जाशील प्रदर्शन गर्दै आर्मीलाई दबाबमा राखेको थियो ।

भलिबल मन पराउने पोखरेली मध्ये बाटुलेचौरका युवक कुमार परियार हुन् । टाइगर कपका उनी नियमित दर्शक हुन् । कुमारसँगै आफ्नो सवारी साधन छैन। त्यसैले बिहानको खाना खाएर उनी सार्वजानिक बस चढेर रंगशाला आइपुग्छन् । भलिबल उनलाई औधी मन पर्ने खेल हो । घरबाट निस्केको झन्डै एक घन्टामा उनी रंगशाला पुग्छन् । ‘बिहान खाना खाएर बस चढ्छु पहिलो खेलको आधा जति सकेको हुन्छ’, राष्ट्रिय खेल समेत रहेको भलिबल मनपराउने कुमार भन्छन् ,स्थानीय खेलहरुपनि हेर्न जान्छु ।’

पेशाले उनी कुक हुन् । तर उनी खेल भनेपछि कामका बीचमा पनि खेल हेर्ने मेसो मिलाउँछन् । ‘मलाई भलिबल हेर्न निकै मन पर्छ, ‘उनले भने, ‘हाम्रा खेलाडी समेत निकै राम्रा खेल्छन् ।’

दर्शकको उपस्थितिले खेलाडीलाई उत्साह मिल्ने भएकाले पनि आफूलाई कार्टमै जान मन पर्ने कुमारले बताए । कुमार उदाहरण मात्रै हुन् । कुमार जस्ता युवा पुस्ता मात्र होइन, पाकाहरु पनि रंगशाला पुग्ने गरेको छन् । पाका पुस्ताको त्यहि आकर्षणको सम्मान आयोजक टाइगर ग्रुपले निशुल्क र कुर्सीमा बसेर खेल हेर्ने व्यवस्था पनि गरेको छ । भलिबलका बाहेकका खेलमा खासै रुची नराख्ने कुमार टाइगर कपको सबै खेल हेर्ने योजनामा छन् । ‘समय मिले फाइनलसम्म हेर्छु ,’ उनले थपे ।

राष्ट्रिय खेल भएपनि भलिबलमा राज्यको खासै लगानी नभएमा कुमार गुनासो पनि गर्छन् ।
स्थानिय टोलीको प्रदर्शनले दर्शकहरुमा बेग्लै जोस देखिने गर्छ । यसपटक पुरुषतर्फ गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराउँदा दर्शकहरुमा आफ्ना टोलीका लागि व्यापक समर्थन देखिएको थियो । गण्डकीको महिला टोली जारी प्रतियोगितामा छैन । त्यसैले विभागिय टोलीको दाजोमा महिलातर्फ होंगाजी न्यू डायमण्ड क्लबको टोलीमा स्थानियहरुको समर्थन देखिन्छ ।

दर्शकको उपस्थितिले नै कुनै पनि प्रतियोगिताको सफलताको आधार मानिन्छ । न्यु डायमण्डको मात्र खेल हेर्न रुपाकोटबाट आएका सुनिल थापा आफुपनि गाउँमा भलिबल खेल्ने गरेको सुनाउँछन् । प्रतिभा मालीको खेल मन पराउने सुनिल न्यु डायमण्डले नै उपाधी जित्नेमा विस्वस्त छन् । उनी भन्छन्, ‘ सय रुपैयाँमा राष्ट्रिय खेलाडीहरुको खेल हेर्न पाइन्छ भने किन नआउनु ? न्यु डायमण्डको खेल नै उत्कृष्ट छ ।’

कुमार, सुनिल जस्ता सयौँ खेलकुदलाई माया गर्नेहरुकै कारण पोखराको खेलकुदले सार्थकता पाउँने गरेको छ । पोखरामा आहा रारा गोल्डकप, पोखरा म्याराथन, राष्ट्रिय स्तरका भलिबल प्रतियोगिता बर्षेनी हुदै आएको छ । कोभिड १९ ले यो वर्ष स्थगित हुनुअघि पोखरा प्रिमियर लिग क्रिकेट पनि दुई संस्करण आयोजना भइसकेको छ । अलग अलग खेलमा पनि दर्शकको उपस्थितिलाई आधार मान्ने हो भने पोखरालाई खेलकुदको शहर भन्दा फरक पर्दैन ।

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि […]

May 4, 2024

काठमाडौं र मध्यपुर थिमि गोदावरीमा मेयर कपको सेमिफाइनलमा

ललितपुर (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरी उपत्यका व्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रस्तावित गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा भएको क्वाटरफाइनलमा कीर्तिपुर नगरपालिकालाई ५–४ गोल हराउँदै मध्यपुरले अन्तिम चारको पुगेको हो । मध्यपुरका लागि दिपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहाक, रोहन खड्गी […]

May 3, 2024

खेलकुद मन्त्रालयबाट सुझाव संकलन सुरू

काठमाडौं (हाम्रो खेलकुद)- नयाँ खेलकुद नीति निर्माण तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संशोधनको लागि युवा तथा खेलकुद मन्त्रालयले बृहत छलफल र सुझाव संकलन कार्यक्रमको सुरूवात गरेको छ। छलफलको सुरूवातमा आज मन्त्रालयले राष्ट्रिय खेल संघका अध्यक्ष र महासचिवसँग सुझाव संकलन गरेको छ। जहाँ खेलकुदमा सरोकार राख्ने प्रमुख कडी संघका पदाधिकारीहरुको सहभागिता उल्लेख्य रहयो। ५० भन्दा […]

Success

Thank you for your time.