5 years ago
February 12, 2021
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

घरेलु कोर्टमा बलियो एपिएफलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको गण्डकीले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा गण्डकीले २९–२७ को रोमाञ्चक जित निकाल्न सफल भयो ।
एक समय गण्डकी २३–१९ को सहज अवस्थामा रहँदा लगातार अंक गुमाएपछि दवावमा पारेको थियो । तर, गण्डकीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । तेस्रो सेटमा सुरुवातमा पछि परेपनि गण्डकीले उत्कृष्ट पूनरागमनसहित २५–१४ को सहज जित हात पार्दै फाइनलमा पुग्न सफल भयो ।

तेस्रो सेटमा ११–११ को अवस्थाबाट अघि बढेको गण्डकीले १३–१३ को अवस्थाबाट लगातार अंक जोड्दै खेललाई २३–१३ को अवस्थामा ल्याएको थियो । त्यसपछि एपिएफले २ अंक जोड्दा गण्डकी २५–१५ ले विजयी हुन सफल भयो । गण्डकीले फाइनल यात्रामा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दा पुलिससँग पहिलो खेलमा ३–० को सोझो सेटमा पराजित भएको थियो ।
अब गण्डकीले उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]