default_image

3 years ago

February 23, 2021

भलिबलमा गण्डकी : प्रतिभा व्याप्त, अवसर छैन पर्याप्त

विजय नेपाली, पोखरा गण्डकी प्रदेशलाई भलिबलको उर्वर भुमि मानिन्छ । तत्कालिन पश्चिमाञ्चल हुँदा गण्डकीले भलिबलमा निकै खेलाडी उत्पादन गर्ने गरेको थियो । अहिले पनि नेपालका उत्कृष्ट क्लबहरुमा गण्डकी प्रदेशका खेलाडी नभएका होइनन् । तर, प्रदेशले खेलाडीको संरक्षण गर्न नसक्दा विभागीय क्लबमा जान खेलाडी बाध्य छन् । लामो समय देखि उपाधिविहिन गण्डकी प्रदेशले यो वर्ष भने […]

73 views

0 Bookmark

विजय नेपाली, पोखरा

गण्डकी प्रदेशलाई भलिबलको उर्वर भुमि मानिन्छ । तत्कालिन पश्चिमाञ्चल हुँदा गण्डकीले भलिबलमा निकै खेलाडी उत्पादन गर्ने गरेको थियो । अहिले पनि नेपालका उत्कृष्ट क्लबहरुमा गण्डकी प्रदेशका खेलाडी नभएका होइनन् । तर, प्रदेशले खेलाडीको संरक्षण गर्न नसक्दा विभागीय क्लबमा जान खेलाडी बाध्य छन् ।

लामो समय देखि उपाधिविहिन गण्डकी प्रदेशले यो वर्ष भने भलिबलमा ऐतिहासिक सफलता हात पारेको छ । राष्ट्रिय खेलाडीको वर्चस्व रहेको त्रिभुवन आर्मी क्लबलाई एउटै प्रतियोगितामा दुई पटकसम्म हराएर उपाधि जित्नु पक्कै सामान्य विषय भने होइन । त्यो पनि एक हप्ताको प्रशिक्षणमा ।

गण्डकी प्रदेशले अहिले पुरुष तर्फ उत्कृष्ट खेलाडी पाएको छ । तर दुर्भाग्य महिला तर्फ अहिले माथिल्लो स्तरमा खेल्ने खेलाडी नगन्य छन् । भएका खेलाडी विभागीय वा अन्य क्लबमा आबद्धता भएर व्यसायिक खेल खेलीरहेका छन् । अरुणा शाही बाहेक गण्डकीका परिचित नाम कमला पुन, उषा भण्डारी, हिरा केसी विभागयीय टोलीमा आबद्ध छन् ।

पुरुष तर्फपनि लक्ष्मण राना,विजय थापा, महेन्द्र श्रेष्ठ, मानबहादुर श्रेष्ठ जस्ता खेलाडी विभाग मै छन् । हालैमात्र पोखरामा दुई भलिबल प्रतियोगिता सम्पन्न भए । जसले गण्डकी प्रदेशमा उदयीमान खेलाडी धेरै रहेको संकेत गरेको छ ।

राष्ट्रिय खेलका रुपमा रहेको भलिबल गतिविधि कोरोना महामारी केहि मात्रमा नियन्त्रण भएपनि सुरु भएको छ । राष्ट्रिय स्तरको टाइगर कप भलिबलमा उत्कृष्ट खेल कौशल देखाएका खेलाडीहरु त्यसलत्तगै सुरु भएको मुख्यमन्त्री कपमा आ आफ्नो जिल्ला टोलीबाट सहभागी भए । मुख्य मन्त्रीकपले नयाँ खेलाडीलाई आफ्नो स्तर देखाउने बलियो माध्यम बनेको छ। तर ती उदयीमान खेलाडीको संरक्षण हुने नहुने दुविधा भने यथावत छ ।

गण्डकी प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्दैछ । फागुनमा हुने भनिएपनि कोरोनाकै कारण नवौं अर्को वर्षका लागि सर्ने लगभग पक्का छ । नवौंका लागि प्रदेशले खेलाडी तयार गर्न पर्नेछ । टाइगर कप र मुख्यमन्त्री कपपछि गण्डकीका खेलाडीमा भने छुट्टै हौसला देखिएको छ । हौसलासँगै प्रदेशले पनि आफुहरुका लागि केहि गरिदियोस भन्ने उनीहरुको चाहाना छ ।

प्रदेशले बन्द प्रशिक्षणको व्यवस्था गरिदिए अन्य प्रतियोगितामा अझ उत्कृष्ट खेल देखाउने खेलाडी बताउँछन् । गण्डकी प्रदेशमा भने प्रतियोगिता हुने समयमा मञ्चमा रकम दिने र खेलाडी उत्पादन गर्ने बताइरहेपनि खेलाडी संरक्षणका लागि भने खासै पहल भएको देखिदैन ।

गण्डकी प्रदेशलाई टाइगर कप उपाधि जिनाउन सफल प्रशिक्षक रमेश केसीले राष्ट्रिय खेलाडी रहेको बलियो टोलीलाई हराउँदा दर्शकको समर्थनले नयाँ उर्जा मिलेको बताएका छन् । केसीले प्रदेशले लगानी गर्नसके देशकै उत्कृष्ट टोली बनाउन सक्ने दाबी गरे ।

‘राष्ट्रिय खेलाडी भएको टोलीलाई टाइगर कपमा दुई पटक हराएर उपाधि जित्यौँ । गण्डकी प्रदेश भलिबल खेलमा देशकै उत्कृष्ट टोली बन्न सक्ने सम्भावना त्यसले देखाएको छ,’ छोटो समय तयारीमा पनि ऐतिहासिक सफलता मिल्दा निकै हौसल बढेको केसीको अनुभव छ ।

प्रदेश स्तरीय खेलबाट समेत थप खेलाडी उत्पादन गर्ने सकिने उनको विश्वास व्यक्त गर्दै उनले भने, ‘ प्रदेश सरकारले अहिले देखि नै टोलीलाई नियमित प्रशिक्षणको व्यवस्था मिलाए भलिबलमा प्रदेश टोली अझै शसक्त बनाउन सकिन्छ ।’

आफ्ना प्रदेशका खेलाडीको संरक्षणका लागि प्रदेश सरकारले केहि योजना अघि सार्नुपर्ने उनको सुझाव छ । ‘खेलाडीका लागि नियमित आम्दानीको श्रोत हुन आवश्यक छ । यदि उनीहरुलाई रोजगारको समेत व्यवस्था गर्न सकियो भने खेलमा अझै बढी प्रगति गर्न सकिन्छ’, केसीले भने, ‘खेलाडीको अवस्था हेरेर सरकारले आवश्यक कदम चाल्न अब ढिला गर्न हुन्न । आर्थिक कारणले गर्दा खेलाडीहरु व्यक्तिगत समस्यामा अल्झनु परेको छ । उनीमाथि आर्थिक बोझ नहुनेले हो भने यो भन्दा राम्रो अवश्य गर्न सकिन्छ ।’

गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले प्रदेश सरकारले खेलाडीको लागि केहि पनि गर्न नसकेको गुनासो पोखे । ‘प्रदेश सरकारले गर्नपर्ने हो तर सकिरहेको छैन’, स्थानिय खेलाडीकै भरमा राष्ट्रिय स्तरको खेल खेल्न बाध्य भएको गुनासो गर्दै उनले भने, ‘बन्द प्रशिक्षण भयो भने अझ बलियो टोली बनेर उत्रन सक्छौं ।’

गण्डकी प्रदेशका लिबेरो राजन दर्लामी मगरले एक हप्ताको प्रशिक्षणले नै नै राष्ट्रिय स्तरको खेल्ने आट बढेको र त्यसबाट धेरै अनुभव बटुल्ने अवसर मिलेको बताए । उनले भने ‘एक हप्ताको तालिमले कसरी खेल्ने भन्ने सिक्यौं ।’

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले कुनै समय पोखराले मात्रै भलिबल खेलाडी उत्पादन गरेपनि अहिले भने अवस्था फेरिएको बताइन् । नयाँ योजना अघि नसर्ने हो भने नयाँ खेलाडीलाई पनि भलिबलमा टिकाउन कठीन हुने बताइन् ।

कुनै समय पश्चिमाञ्चलको महिला टोलीले राष्ट्रिय स्तरमै चर्चा कमाएको थियो। अहिले पनि टोली बनाउन कठीन रहेको सुनाएन् । ‘कोहि पनि नियमित खेल्ने खेलाडी छैनन् । सहभागि हुनमात्र खेलाडी लिएर आएको देखिन्छ’, म्याग्दीबाट मुख्य मन्त्री कप खेलेकी अरुणाले गुनसो गरिन्’ प्रतियोगिता पश्चात जिल्लाबाट आएका खेलाडी कहाँ पुग्छन् कसैलाई थाहा हुन्न । प्रतियोगिता खेल्यो । सक्यो । अर्को पल्ट त्यहि खेलाडी हुन्छन् हुँदैनन् थाहा हुन्न ।’

खेलाडी उत्पादन गर्न विद्यालय स्तरबाटै पहल हुनुपर्नेमा अरुणाको जोड छ । उनले जिल्ला संघले पनि खेलाडी उत्पादनमा नियमित प्रशिक्षण थाल्नुपर्ने सुझाव दिइन् । नेपाल पुलिस क्लबबाट खेल्दै आएकी स्पाइकर उषा भण्डारीले प्रदेशमा खेलाडीको भविष्य निश्चित नरहेको गुनासो गरिन् ।

तनँहुबाट मुख्य मन्त्री कप खेलेकी उनले भनिन्, ‘विभागिय टोलीले जस्तै भविष्य सुनिश्चित हुने हो भने प्रदेशबाट खेल्ने खेलाडीको कमी हुनेछैन । खेलाडी उत्पादनका साथै उनीहरुको संरक्षणका लागि प्रदेश सरकारले लगानी बढाउनुपर्दछ ।’

April 23, 2024

केएनपी नेरोलेक महिला भलिबल– न्यु डायमन्ड र आर्मीबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना बुधबार सुरु हुने केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ४ टोलीको मात्र सहभागिता रहने भएको छ । आयोजकले मंगलबार राखेको टेक्निकल मिटिङले प्रतियोगिता भाग लिन नसक्ने जानकारी दिएको प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी दिए । अब प्रतियोगिता राउन्ड रोविनका आधारमा हुने भएको छ । सहभागी टोलीका प्रतिनिधिको […]

April 23, 2024

भुवनलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) : इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन्। रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे। २-ओभर […]

April 22, 2024

सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा ७२ होलको ४ दिने प्रतियोगिता शुक्रबारसम्म चल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत […]

Success

Thank you for your time.