5 years ago
February 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कोभिडका कारण झन्डै एक वर्ष गतिविधि शुन्य रहेको भलिबल प्रतियोगिता गत महिनाबाट सुरु भइसकेको छ । हालै मात्र पोखरामा टाइगर कप र मुख्यमन्त्री कपको सफल आयोजना भइसकेपछि नेपाल भलिबल संघ (एनभिए) ले पनि आफ्नो बार्षिक कार्यक्रमलाई अघि बढाउने छलफल चलाएको छ ।

संघको बुधबार बसेकेको बैठकले अर्को महिना पाँचौं एनभिए महिला पुरुष क्लब लिग च्याम्पियनसिप आयोजना गर्ने छलफल गरेको छ । चैत १९ देखि २६ गते सम्म काठमाडौंमा च्याम्पियनसिप आयोजना गर्ने गरि छलफल भएको र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालसँगको परामर्श गरिने एनभिएका अध्यक्ष मनोरञ्जनरमण शर्माले जानकारी दिएका छन् ।
‘कोभिडका कारण अहिलेसम्म हामीले कार्यक्रम स्थगित गरेका थियौं । अब विस्तारै प्रतियोगिताहरु सुरु भएका छन्,’ अध्यक्ष शर्माले भने,’ त्यसैले क्लब च्याम्पियनसिप अर्को महिना गर्ने छलफल आज भएको छ । अब राखेपबाट स्वीकृति मिल्यो भने हामी प्रस्तावित मितिमा च्याम्पियनसिप आयोजना गर्नेछौं ।’
पछिल्लो पटक २०७५ माघमा क्लब च्याम्पियनसिप आयोजना भएको थियो । क्लब च्याम्पियनसिपमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीबीच प्रतिस्पर्धा गराउने एनभिएले तयारी गरिरहेको बताइएको छ । यसै वर्षको २०७७ साल वैशाखमा एनभिए क्लब लिग आयोजना गर्ने तय भएपनि कोभिडका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो ।

संघको बैठकले वैशाखमा आयोजना हुने प्रधानसेनापति कप भलिबलका लागि स्वीकृति प्रदान गरेको अध्यक्ष शर्माले जनाए । वैशाख १५ देखि २० गते सम्मका लागि प्रतियोगिता आयोजना गर्न सेनाले गरेको प्रस्तावलाई हामीले स्वीकृति दिएका छौं ।
त्यस्तै अध्यक्ष शर्माले भदौमा चीनमा आयोजना हुने एसियन च्याम्पियनसिपको तयारीका लागि महिला टोलीको तयारी वैशाखबाट सुरु गर्ने बैठकले निर्णय गरेको जानकारी दिए । उनले भने,’सोचे अनुसार सबै परिस्थिति मिल्यो भने वैशाखबाट महिला टोलीको प्रशिक्षण सुरु हुनेछ ।’
महिला टोलीले गत वर्ष दुई ठूला उपलब्ध हासिल गरेकै कारण एसियन च्याम्पियनसिपका लागि महिला टोलीलाई सहभागी गराउने निर्णय गरेको थियो । गत वर्ष कात्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको महिला टोलीले मंसिरमा स्वेदशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको थियो । सागमा नेपालले जितेको त्यो अहिले सम्मकै ठूलो पदक हो ।
हालै मात्रै स्पोर्टस् वेयर अन्तर्राष्ट्रिय कल्मीले कम्पनीले राष्ट्रिय भलिबल टोली पुरुष र महिलालाई २ वर्षका लागि प्रायोजन गरेको छ ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]