5 years ago
March 3, 2021
बुटवल (हाम्रो खेलकुद) – टेबल टेनिसको राष्ट्रिय जुनियर क्याम्प बुधबार सम्पन्न भएको छ । एसियाली टेबल टेनिस युनियन (एटिटियू) को ‘एइम फर द स्टार्स’ कार्यक्रमअन्तर्गत जुनियर क्याम्प सञ्चालन भएको थियो ।

एटिटियूका प्रशिक्षक अन्सुल गर्ग नेपाली प्रशिक्षकहरुको सहयोगमा जुनियर क्याम्प सञ्चालन गरेका थिए । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले यसपटकको क्याम्प सफल रहेको बताए । उनले यस्ता क्याम्पले टेबल टेनिसमा नयाँ स्टार खेलाडी उत्पादनका लागि मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
प्रशिक्षक गर्गले मोफसलका किशोर खेलाडीको प्रदर्शनले आफू प्रभावित भएको बताए क्याम्पमा सहभागी २७ खेलाडीमध्ये ब्वाइज र गल्र्समा समान ५ खेलाडीलाई उनले उत्कृष्ट खेलाडी चयन गरे । ती उत्कृष्ट १० खेलाडीले भारतको नयाँ दिल्लीमा रहेको आफ्नो एकेडेमीमा एक महिनाका लागि प्रशिक्षणको छात्रवृति प्रदान गर्ने घोषणा पनि गरे ।

गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली टेबल टेनिस खेलाडीले साग अघि गर्गकै त्यहि एकेडेमीमा एक महिना विशेष प्रशिक्षण लिएका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, टेबल टेनिस संघका अध्यक्ष वैद्य, रुपन्देही जिल्ला टेबल टेनिस संघका अध्यक्ष सुरेन्द्रमान शाक्यले सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गरे ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]