5 years ago
March 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धरान उपमहानगरपालिकाको वडा नं ९ र विराटनगर महानगरपालिका वडा नं ३ देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पुरुष इभेन्ट्सको उपाधिका लागि भिड्ने भएका छन् ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनलमा धरान उप महागरको वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाई ३–२ ले विराटनगर महानगर वडा नं ३ ले धरान उप महानगर १२ लाई ३–१ ले पराजित गर्दै फाइनल भेट पक्का गरेका हो । महिला टिम इभेन्ट्सको उपाधि यसअघि नै भक्तपुर नगरपालिकाको वडा नं ५ ले जितेको थियो ।
प्रतियोगिताको तेस्रो दिन पुरुष एकल र महिला एकलका विभिन्न चरणका खेल सम्पन्न भएका छन् । महिला एकलतर्फ भक्तपुर नगरपालिका वडा नं १ बाट दिया देउला, वडा नं २ बाट प्रदिपा सुवाल र क्यारिना सुवाल, वडा नं ५ बाट नर्मदा खाइतु , नुवाकोट बाट बिनु तामाङ , धरान उपमहानगर वडा नं १० बाट अन्जली ठाकुर , पर्वत नगरपालिका वडा नं ३ बाट प्रकृति राना , गोदावरी नगरपालिका १ बाट प्रनिका कुँवर, वडा नं ९ बाट सतिश्मा थापा अन्तिम १६ मा पुगेका छन् ।
त्यस्तै ललितपुर महानगर वडा नं १२ बाट इभाना थापा, बुटवल उपमहानगर वडा नं ८ बाट गीता अर्याल, काठमाडौँ महानगर वडा नं २ बाट सुभश्री श्रेष्ठ, वडा नं १७ बाट अस्मिता मानन्धर, झापा गाउँपालिका वडा नं ६ बाट अनुष्का प्रसाई , नवलपरासी वडा नं १ बाट योंग्गी पौडेल र संखुवासभा वडा नं ४ बाट बिएन्का राइ महिला एकलको प्रिक्वार्टरफाइनल पुगेकी छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]