default_image

5 years ago

March 18, 2021

आर्मीको लगातार दोस्रो जित

194 views

0 Bookmark

इलाम (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ इलामको आयोजनामा दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

इलामको ठूलो टुडिखेल मैदानमा भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा आर्मीले गौरादह नगर खेलकुद बिकास समितिलाई ३-२ को सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हात पारेको हो । आर्मीले गौरादहलाई २५-२०, २२-२५, २३-२५, २५-१४ र १५-८ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

पहिलो सेटमा विजयी भएको आर्मीले दोस्रो र तेस्रो सेटमा भने लगातार पराजित भएको थियो । तर चौथो र पाँचौं सेटमा उत्कृष्ट प्रर्दशन गर्दै जित निकालेको हो । चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै आर्मीले २५-१४ को सोझो सेटमा जित निकालेको थियो । निर्णायक पाँचौं सेटमा आर्मीले १५-८ हराउँदै लगातार दोस्रो सेटमा जित निकालेको हो ।

पहिलो खेलमा आर्मीले विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । गौरादहको यो लगातार दोस्रो हार पहिलो पहिलो खेलमा गण्डकी प्रदेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । दोस्रो खेलमा समूह बी को विभागीय टोली नेपाल एपिएफ क्लब र दमक नगर भलिबल क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो १२ बजे सुरु हुने छ ।

एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै विजयी सुरुवा गरेको थियो । दिनको तेस्रो खेलमा गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोडबीच प्रतिस्पर्धा हुने छ । यो जितसँगै आर्मी समूह एबाट २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । गण्डकी ३ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतियोगिता ४ देखि ८ चैतसम्म हुदैछ । प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन् ।

समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.