5 years ago
March 19, 2021
ईलाम (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेश दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता सेमिफाइनलमा स्थान बनाउन विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १२ बजे हुने छ ।

आर्मी आजको खेलमा विजयी भएको खण्डमा सेमिफाइनलमा प्रवेश गर्नेछ । गण्डकीलाई पनि सेमिफाइनलमा स्थान बनाउन जित बाहेक अन्य विकल्प छैन । आर्मीमा मानबहादुर श्रेष्ठ, सरण सामरी क्षेत्री, धन बहादुर भट्ट क्षेत्री, हरिहजुर थापा, ईश्वर थापा, राजेन्द्र विष्ट लगायतका खेलाडी छन् । गण्डकीको कप्तान हरि पाण्डेसँगै धनश्याम चौधरी, किरण गुरौ, राजन दर्लामी मगर, रुपेन्द्र गैरे, सुजन चोखाल र राजु विके लगायतका खेलाडी छन् ।
समूह ए मा रहेको आर्मी २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोड २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । गण्डकी प्रदेशको ३ अंकका साथ तेस्रो र गौरादह नगर खेलकुद विकास समिति अंक विहिन हुँदै पुछारमा छ । पहिलो खेलमा आर्मीले विमान ट्रेडर्स विर्तामोडलाई ३–२ सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीले गौरादहलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

गत महिना पोखरामा सम्पन्न प्रथम टाइगर कप भलिबल पुरुष प्रतियोगितामा गण्डकीले आर्मीलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । लिगमा पनि गण्डकीले आर्मीलाई हराएको थियो । गण्डकीले समूह चरणमा ३–१ र फाइनलमा ३–२ ले पराजित गर्दै उपाधि जितेको थियो । गण्डकी उच्च मनोबलका साथ कोर्ट प्रवेश गर्ने छ ।
आर्मी उक्त हारको बदला लिन चाहन्छ । गण्डकी च्याम्पियन बन्दा टोलीमा रहेका प्रमुख खेलाडी याम क्षेत्री बाहेक अन्य सबै खेलाडी छन् । मिडिल ब्लकर याम भारतीय सेनामा कार्यरत हुँदा यस प्रतियोगितामा सहभागी भएका छैनन् ।

पहिलो खेलमा गण्डकीले गौराहदलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा गण्डकी विमानसँग ३–० को सोझो सेटमा हार बेहोरेको थियो । गण्डकीका हरि र धनश्यामको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । आर्मीमा मानबहादुर श्रेष्ठ र धन बहादुर भट्ट क्षेत्रीको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।
आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल विहान ९ बजे सुरु हुने छ । समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ । पुलिस १ अंकका साथत दोस्रो र दमक अंक विहिन हुँदै पुछारमा छ । विजेता टोली सेमिफाइनलमा पुग्ने छ ।

समूह चरणको अन्तिम खेलमा आज विमान र गौरादह खेल्ने छन् । खेल ३ बजे सुरु हुने छ । भारतीय खेलाडी सम्मिलित यी दुई टोली मध्य गौराहद लिग चरणबाट बाहिरिसकेको छ । विमान सेमिफाइनल नजिक छ । विमान अन्तिम खेलमा विजयी हुँदै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ ।
प्रतियोगिता ४ देखि ८ चैतसम्म हुदैछ । प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]