5 years ago
March 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर महानगरपालिका वडा नं १२ की इभाना थापा मगर र काठमाडौं महानगरपालिक वडा नं २५ का अमरलाल भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्।

टेबल टेनिसका शीर्ष १६ खेलाडीको सहभागिता नरहेको प्रतियोगिताको शनिबार भएको महिला एकलको फाइनलमा इभानाले सिलिचोङ गाउँपालिका ४ की वियन्का राईलाई ८–११, ११–९, ११–७, १२–१० र १२–१० को सेटमा पराजित गरिन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकलको फाइनलमा अमरले विराटनगर ३ का बोधित डिसीलाई ११–५, १२–१०, ११–७, ६–११, १–११ र १३–११ को सेटमा पराजित गरे।
महिलातर्फ काठमाडौं २ की सुभश्री श्रेष्ठ र भक्तपुर ५ की दिया देउला तेश्रो तथा धरान २ का महावीर जैशवाल र भक्तपुर ५ का राजीव चिकन्बन्जर संयुक्त रुपमा तेश्रो भए । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधान, भ्याली कन्स्ट्रक्सनको मुख्य प्रायोजनमा स्पिन इभेन्ट प्रालिको आयोजना भएको प्रतियोगितामा महिला पुरुष दुवैतर्फका विजेताले ३० हजार, दोस्राले १५ हजार र तेस्रो हुने खेलाडीले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
२ स्वर्ण र २ रजत पदक जितेको विरानगर महानगरपालिका ३ टिम च्याम्पियन बन्यो । टोलीले रनिङ शिल्डसहित ५० हजार रुपैयाँ प्राप्त गरे ।
पुरुष ४० वर्षमाथि भेट्रान सिंगल्समा विराटनगर ३ का राजेश भट्टराईले स्वर्ण पदक जिते । उनले फाइनलमा आफ्नै वडाका विकेन थापालाई हराएका थिए । काठमाडौँ–३२ का नरेश रावल र बूढानीलकण्ठ–१२ का कपुर शर्मा पौडेल संयुक्त रुपमा तेस्रा भए ।

पुरुष ५५ वर्षमाथि भेट्रानमा धरान–१२ का राजन सुब्बाले स्वर्ण पदक जिते । उनले फाइनलमा ललितपुर–१६ का प्रकाश धाख्वालाई हराए । काठमाडौँ–३१ का विनयकुमार सिंह र ललितपुर–११ का सरदमान श्रेष्ठ संयुक्त रुपमा तेस्रो भए । दुवै उमेरसमूहका विजेताले १० हजार, दोस्राले ५ हजार र तेश्रोले २ हजार ५ सय सय रुपैयाँ प्राप्त गरे ।
६ दिन सम्म सञ्चालन भएको प्रतियोगिता पुरुष टिम इभेन्टमा विराटनगर–३ ले स्वर्ण, धरान नगरपालिका ९ ले रजत तथा ललितपुर १९ र धरान १२ कास्य पदक जित्यो । महिला टिममा भक्तपुर–५ पहिलो, भक्तपुर २ दोश्रो तथा काठमाडौँ २ र ललितपुर १२ तेश्रो भएको थियो ।
प्रतियोगितामा पुरुष ४ सय ३३, महिला ९० गरि ५ सय २३ खेलाडीले भाग लिएका थिए । देशभरका ५३ वडाका पुरुषतर्फ ३० तथा महिलातर्फ ८ टोलीको सहभागिता थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]