5 years ago
April 2, 2021
ललितपुर (हाम्रो खेलकुद) – ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजको संयुक्त आयोजनामा शुक्रबारदेखि गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

पहिलो चरणको खेलमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, कामना साकोसका सुजेन्द्रप्रसाद श्रेष्ठ, सुर्योदय साकोसका सुमन राई, करुणामय साकोसका प्रेमकृष्ण महर्जन, स्वर्णिम साकोसका युवराज पौडेल र बालकुमारी साकोस मध्यपुरका सुन्दर श्रेष्ठ विजयी भै समान १ अंक जोडेका छन् ।
त्यसैगरी गोल्डेन गेट कलेजका निकेन कुसाथा, सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ, स्वागतम साकोसका सुश्रुत दाहाल, नेशनल डेभलपमेन्ट साकोसका बद्रिलाल नेपाली, दीर्घराज जोशी, लवकुमार श्रेष्ठ, जनसेवा साकोसका अबिरल राई, गजुरमुखी चेस क्लबका प्रकाश नेपाल, दोलखाका उत्तम ढुंगेलले पनि जित हासिल गर्दै १ अंक प्राप्त गरेका छन् ।

यसअघि ललितपुर स्पोर्टस् क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा भएको कार्यक्रमको ललितपुर महानगरपालिकाकाका मेयर चिरीबाबु महर्जन र फिडे इथिक्स कमिसन सदस्य तथा नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष राजेशहरि जोशीले गोटी चालेर संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गरे ।
मेयर महर्जनले अर्को बर्ष हुने प्रतियोगिताको लागि २ लाख १९ हजार नगद पुरस्कार प्रायोजन गर्ने वचन दिए । ६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीको सहभागिता रहेको छ ।

५ लाख ६१ हजार ४ सय पुरस्कार रहेको पाँचदिने प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, दोस्रो खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले नगद ६० हजार हात पार्नेछन् भने कुल नगद पुरस्कार रु.५,६१,४०० रहेको छ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]