5 years ago
April 3, 2021
ललितपुर (हाम्रो खेलकुद) – ६ खेलाडी ललितपुरको ताम्राकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको दोश्रो दिन शीर्षस्थानमा रहेका छन् ।

शनिबार दोश्रो र तेश्रो चरणका खेल सम्पन्न हुँदा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबका क्षितिज भण्डारी, दोलखाका सुमित पन्त, गजुरमुखी चेस क्लबका रिजेन्द्र राजभण्डारी, प्रकाश नेपाल र करुणामय साकोसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठ समान ९ अंकका साथ संयुक्त रुपमा अग्रता स्थानमा छन् ।
ललितपुर स्पोर्टस् क्लब र ताम्राकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको दोश्रो चरणको खेलमा शिर्ष वरियताका खेलाडी फिडेमास्टर रुपेश जैसवाललाई नोभा साकोर ललितपुरका युवा खेलाडी सुदिप तामाङ्गले माथ दिए । सुदिपले तेश्रो चरणको खेलमा दोलखाका मिलन लामासित बराबरी खेलेका थिए ।

सुदिपसँगै जनता साकोस ललितपुरका सजिन महर्जन, दमकका राजन सुवेदी, सिलुलाइट साकोस लुभुका कमल श्रेष्ठ, सुरोज महर्जन र सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ २ जित र एक बराबरी खेल्दै ७ अंकका साथ संयुक्त रुपमा दोश्रो स्थानमा छन् ।
६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ५ लाख ६१ हजार ४ सय रुपैयाँ पुरस्कार राशी रहेको पाँचदिने प्रतियोगिताको विजेताले यामाहा मोटरसाइकल र दोस्रो हुने खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]