5 years ago
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुुन्दर साकोस हेटौंडाका कृष्ण थापा, दोलखाका मिलन लामा, गजुमूखी चेस क्लबका राजन सुवेदी र नोभा साकोस ललितपुरका सुदिप तामाङ ६४ औँ सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंह स्मृति आठौैँ सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

चौथो दिन सोमबार छैठौं र सातौँ चरणका खेलहरु सम्पन्न हुँदा कृष्ण, मिलन, राजन र सुदिप तामाङ समान ६ अंकका साथ संयुक्तरुपमा शीर्षस्थानमा रहि नकआउट चरणमा प्रवेश गरेका हुन् । ललितपुरको ताम्रकार भवनमा जारी प्रतियोगितामा कृष्णले छैटौं चरणमा स्वागतम साकोस ललितपुरका युवराज पौडेललाई माथ गरे भने सातौँमा दोलखा चेसका मिलन लामासहित बराबरी खेले ।
मिलनले छैटौंमा गजुरकूखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभउण्डारीलाई हराएका थिए । त्यस्तै राजनले छैटौंमा गजुरमूखीका प्रकाशचन्द्र नेपाल र सातौँमा दोलखाका सुमित पन्तलाई निराश पारेका थिए । यसैगरी सुदिपले छैटौैंमा माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबका क्षितिज भण्डारी र सातौँमा गोल्डेनगेट कलेजका निकेन कुसाथलाई हराएका थिए ।

ललितपुर स्पोर्टस क्लब र ताम्रकार समाजद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताका विजेतालाई यमाहा मोटरसाइकल, देस्रो खेलाडीले ६० हजार, तेस्रोले ३० हजार र चौथोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा कुल ५ लाख ६१ हजार ४ सय रुपैयाँ पुरस्काराशी रहेको छ । सेमिफाइनलमा कृष्ण र सुदिप तथा मिलन र राजनबीच प्रतिस्पर्धा हुनेछ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]