5 years ago
April 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आईटिटिएफ फाउन्डेसन जर्मनीले टेबुल टेनिस मार्फत महिला सशक्तिकरण भन्ने मुल नाराका साथ विश्व टेबल टेनिस डे मनाई रहँदा नेपालमा आइतबार एक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको संयोजन आईटिटिएफ टेबल टेनिस लेभस २ प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर रहेका नरेश रावलले संयोजन गरेका थिए । सरोज टेबल टेनिस फर अल एकेडेमीका संस्थापक समेत रहेको प्रशिक्षक रावले चन्द्रागिरीस्थित भकुण्डे चौर युवा समाजमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी बालबालिकालाई टेबल टेनिस ब्याट, बल र टिसर्ट वितरण गरिएको थियो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर धनश्याम गिरीले सहभागीहरुलाई टेबल टेनिस खेलले व्यक्तिगत विकास र राष्ट्रको गरिमा बढाउन सक्ने बताएका थिए ।

नेपाल एपिएफ क्लबका टेबल टेनिस प्रशिक्षक समेत रहेका पूर्व राष्ट्रिय खेलाडी राजेन्द्र दुवालले महिला खेलाडीलाई टेबल टेनिस खेल्न प्रेरित गरेका थिए । दुवालले टेबुल टेनिस प्रशिक्षण समेत गराएका थिए । प्रशिक्षक रावल यस्ता कार्यक्रमले महिलाहरुमा टेबल टेनिसप्रतिको रुची बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रमलाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नेलाई एकेडेमीकी अध्यक्ष सन्जु थापाले धन्यवाद दिइन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]