5 years ago
April 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघ (एनभिए) ले उपाध्यक्ष यामबहादुर गुरुङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ । एनभिएका अध्यक्ष मनोरञ्जन रमण शर्मा व्यक्तिगत कारणले केहि दिनमा अमेरिका जान लागेपछि जेठ १ गतेबाट लागू हुने गरि गुरुङलाई उक्त जिम्मेवारी दिएको शर्माले जानकारी दिए ।
‘म घरायसी कारणले केहि समयका लागि अमेरिका जाँदै छु । त्यसले आज कार्यसम्पादन समितिको बैठक बसेर उपाध्यक्ष गुरुङलाई कामको अनुभव र विश्वासको आधारमा कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेका छौं, शर्माले भने,‘ कति समयपछि फर्कने अहिले टुंगो छैन । फर्केर आएपछि जिम्मेवारी यथावत रहनेछ ।’
गुरुङ लामो समयदेखि एभिएको कार्यसमितिमा रहेका छन् । कास्की जिल्ला विकास समितिका पूर्व अध्यक्ष समेत रहेका गुरुङ शर्मासँगै गत साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । यसै वर्षको सुरुवातमा एनभिएको साधारण सभा हुनुपर्ने भएपछि नियमावली तयार भइनसकेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्वाचनको स्वीकृति दिएको छैन ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]