default_image

3 years ago

April 23, 2021

पुलिसलाई हराउँदै न्यु डायमन्ड फाइनलमा

तातोपानी हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा डायमन्डले एनभिए लिगको उपविजेता विभागीय नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल […]

67 views

0 Bookmark

तातोपानी हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनलमा डायमन्डले एनभिए लिगको उपविजेता विभागीय नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा भएको खेलको पहिलो सेटमा डायमन्डले २५–१० को सहज जित निकालेको थियो । दोस्रो सेटमा लय गुमाएको डायमन्डले १९–२५ ले गुमाएको थियो ।

त्यसपछिको दुवै सेट डायमन्डले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा २५–१२ को सहज जित निकालेको डायमन्डले चौथो सेटमा २५–१९ को सहज जित दर्ता गर्दै फाइनलमा पुग्न सफल भयो ।

पुलिसमाथिको जितमा उच्च प्रदर्शन गरेकी डायमन्डकी प्रतिभा माली प्लेयर अफ दि म्याच चुनिइन् । उनले २ हजार रुपैयाँ हात पारिन् । यस्तै भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले डायमन्डकी खेलाडी वालमिका आचार्यको खेल मन पराएर नगद ५ हजार रुपैयाँ प्रदान गरिन् । यस्तै डायमन्डकै सलिना श्रेष्ठलाई पनि नगद प्रदान गरिएको थियो ।

अब डायमन्डले उपाधिका लागि दुई विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ ।

प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा होङ्गान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी र ढोरपाटन ट्रेनिङ सेन्टर छन् । त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् । लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.