5 years ago
April 23, 2021
तातोपानी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा ३–१ को जित निकाल्दै एपिएफले फाइनलको यात्रा तय गरेको हो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा एपिएफले ३०–२८ को संघर्षपुर्ण जित निकालेको थियो । दोस्रो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्दा खेल थप रोमाञ्चक बनेको थियो ।
तेस्रो सेटमा एपिएफ २५–१९ ले विजयी हुदै २–१ ले अघि बढ्यो । रोमाञ्चक बनेको चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै एपिएफ जितसहित फाइनलमा पुग्न सफल भयो । एपिएफसँग पराजित भएपनि उच्च प्रदर्शन गरेकी आर्मीकी साफिया पुन प्लेयर अफ दि सिरिज हुदै २ हजार रुपैयाँ हात पारिन् ।
त्यसअघि पहिलो सेमिफाइनलमा होंगान्जी न्यु डायमन्डले एनभिए लिगको उपविजेता विभागीय नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । पहिलो सेटमा डायमन्डले २५–१० को सहज जित निकालेको थियो । दोस्रो सेटमा लय गुमाएको डायमन्डले १९–२५ ले गुमाएको थियो ।
त्यसपछिको दुवै सेट डायमन्डले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा २५–१२ को सहज जित निकालेको डायमन्डले चौथो सेटमा २५–१९ को सहज जित दर्ता गर्दै फाइनलमा पुग्न सफल भयो ।
अब एपिएफले उपाधिका लागि होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । डायमन्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुगिसकेको छ । तेस्रो स्थान र फाइनल खेल शनिबार हुनेछ । तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]