9 years ago
October 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)–मित्र राष्ट्र श्रीलङकामा सम्पन्न दक्षिण एशियाली अक्वेटिक च्याम्पियनसिप– २०१६ मा नेपाली पौडी टोलीले १८ बर्ष माथिको रिलेमा कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

पुरुष १०० मिटर गुणा ४ फ्रिस्टायल रिलेमा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठको टोलीले ४ मिनट १०.०३ सेकेन्ड समयका साथ कास्य पदक प्राप्त गर्न सफल भएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।
यस्तै सुभम श्रेष्ठले सोही प्रतियोगिताको २०० मिटर ब्रेष्ट स्ट्रोकमा २ मिनट ४२.६२ सेकेन्ड समयका साथ राष्ट्रिय किर्तिमान समेत कायम गरेको नेपाली टिम प्रशिक्षक ओङ्गदेन लामाले जनाएका छन् । यस अघि यो विधामा शिरिष गुरुङ्गको नाममा २ मिनट ४२.७२ सेकेन्डको किर्तिमान थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]