default_image

5 years ago

May 21, 2021

साधारण सभा रोक्न बक्सिङ संघलाई राखेपको निर्देशन

295 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघलाई संघको साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । कोरोनाको दोस्रो लहरका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनगर राख्दै राखेपको पूर्व स्वीकृती नलिइ गर्न लागिएको संघको साधारण सभा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को ङ बमोजिम राखेपको अर्को निर्देशन प्राप्त नभएसम्मका लागि स्थगित गर्न निर्देशन दिएको छ ।

राखेपका संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेलले बक्सिङ संघका नाम जारी पत्रमा साधारण सभा स्थगित गरेको त्यसको जानकारी राखेपलाई गराउन समेत गराउन भनिएको छ । सोही पत्रमा संघको चैत १७ गतेको निर्णय उल्लेख गरि २०७८ वैशाख ३० गते राष्ट्रिय दैनिक नयाँ पत्रिकामा प्रकाशित साधारण सभा गर्ने सम्बन्धि सार्वजनिक सूचना राखेपको जानकारीमा आएको उल्लेख गरिएको छ ।

बक्सिङ संघका अध्यक्ष राम अवाले जेठ २० गतेलाई भर्चुगलमार्फत नियमित साधारण सभा गर्ने निर्णय गरेका उल्लेख गर्दै भने, ‘तर अहिलेको अवस्थामा हाम्रो अभिभावक संस्था राखेपले स्थगित गर्नु भनेपछि त्यसलाई हामीले नमान्ने भन्ने हुँदैन । पछि अवस्था सहज भएपछि गरौंला ।’

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.