4 years ago
July 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्समा भदौमा हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघले सदस्य ज्योती केसीलाई दिएको छ ।

यसअघि निरोज मास्केले घरायासी व्यस्ताताको कारण व्यवस्थापकबाट राजीनामा गरेकी थिइन् । संघ कार्यवहाक अध्यक्ष याम गुरुङको अध्यक्षतामा शनिबार बसेको कार्यसम्पादनको सातो बैठकले मास्केको राजीनामा स्वीकृति गर्दै केसीलाई व्यवस्थापकको जिम्मेवार दिएको हो ।
उपाध्यक्ष समेत रहेकी मास्केमार्फत तयारीका लागि भएको खर्चको अनुमोदन गर्दै बैठकले राष्ट्रिय महिला टोलीको दोस्रो चरणको छनोटबाट बाहिरिएका खेलाडीलाई भत्ता स्वरुप जनही ५ हजार रुपैयाँ दिने निर्णय गरिएको कार्यवहाक अध्यक्ष गुरुङले जानकारी दिए ।
‘झन्डै तीन सातादेखि २७ खेलाडी प्रशिक्षणमा थिए । दोस्रो चरणको छनोटमा ९ खेलाडी बाहिरिए,’ गुरुङले भने,’ टोली नपरेका खेलाडीलाई भत्ता स्वरुप जनही ५ हजार दिने निर्णय गरेका हौं । काठमाडौं बाहिर जानुपर्ने खेलाडीको हकमा यातायत खर्च पनि दिने निर्णय भयो ।’
संघका सचिव समेत रहेका मनवीर छन्त्यालको संयोजक रहेको खेलाडी छनोट समितिले शनिबार २७ बाट दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको थियो । असार १ देखि टोलीको प्रशिक्षण जारी रहेको छ । फिलिपिन्समा भदौ १३ देखि २० गते सम्म हुने च्याम्पियनसिप सञ्चालन हुँदैछ । टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट रहेका छन् ।

छनोट भएका १८ खेलाडी :
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, रेश्मा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सुनिता खड्का, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, रिया कुँवर, लक्ष्मी चन्द
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]