default_image

4 years ago

August 24, 2021

जुनियर बक्सिङमा कास्य जितेका छिरिङ पराजित

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालका छिरिङ वाङ्दी शेर्पा सेमिफाइनलमा पराजित भएका छन् ।

यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका छिरिङ जुनियर ५४ केजी तौल समूहको सेमिफाइनलमा मंगलबार काजस्तानका अडाल्बेक नियाज्बासँग पराजित भएका छन् । काजकस्तानका मुक्केवाजसँग पहिलो र दोस्रो राउन्डमा टिकेका छिरिङ तेस्रो राउन्डमा अयोग्य सावित हुन पुगे ।

उनले यसअघि छिरिङले कुवेती प्रतिद्वन्द्धी मोहम्मदमाथि ५–० को जित निकाल्दै देशका लागि कास्य पदक पक्का गरेका थिए । त्यस्तै महिलातर्फ स्वस्तिका तिरुवाले ५२ र नारीका राईले ५७ केजी तौल समूहमा कास्य पदक पक्का गरिसकेका छन् । नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज ईन्द्र बहादुर सुनार ईरानी प्रतिद्वन्द्धीसँग पराजित हुदै बाहिरिएका थिए ।

७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडि रहेका मुक्केबाजससँग आरएससीको आधारमा पराजित भएका थिए । अर्का युवा मुक्केबाज सुलभ माली सोमबार ५४ केजी तौल समूहमा इरानी प्रतिद्वन्द्वी अलियस्घसँग पहिलो राउन्डमै पराजित भएका थिए । २० अगस्तदेखि सुरु भएको च्याम्पियनसिप ३१ अगस्टसम्म सञ्चालन हुनेछ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.