4 years ago
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर नारिका राई सेमिफाइनलमा पराजित भएका छन् ।

यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका नारिका ५७ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी प्रीतिसँग बुधबार पराजित भएकी हुन् । पहिलो र दोस्रो राउन्डमा टिक्न सफल नारिकाले तेस्रो राउन्डमा लगातार दवाव झेलेपछि अयोग्य सावित भइन् ।
यसअघि मंगलबार छिरिङ वाङ्दी शेर्पा जुनियर ५४ केजी तौल समूहको सेमिफाइनलमा काजस्तानका अडाल्बेक नियाज्बासँग पराजित हुदै तेस्रोमा सिमित बनेका थिए । नेपाली ६ खेलाडी सहभागी च्याम्पियनसिपका नारिका र छिरिङसहित तीन खेलाडीले कम्तीमा कास्यपदक पक्का गरेका छन् । कम्तीमा कास्य पदक पक्का गरिसकेकी स्वस्तिका तिरुवाले ५२ केजीमुनि सेमिफाइनल खेल्न बाँकी छ ।

यसअघि मुक्केबाज इन्द्र बहादुर सुनार इरानी प्रतिद्वन्द्वीसँग पराजित भएका थिए । ७१ केजी तौल समूहमा सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडि रहेका मुक्केबाजससँग आरएससीको आधारमा पराजित भएका थिए । अर्का मुक्केबाज सुलभ माली सोमबार ५४ केजी तौल समूहमा इरानी प्रतिद्वन्द्वी अलियस्घसँग पहिलो राउन्डमै पराजित भएका थिए । च्याम्पियनसिप असोज १५ गते सम्म चल्नेछ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]