default_image

4 years ago

August 27, 2021

कास्य विजेता स्वस्तिका पराजित

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरव इमिरेट्स (युएई) दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालकी स्वस्तिका तिरुवा सेमिफाइनलमा पराजित भएकी छन् ।


यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका स्वस्तिका लाइट बन्टाम ५२ केजीमुनि भारतकी तनुसँग अंकको आधारमा ५–० ले पराजित हुदै कास्यमा सीमित बनेकी हुन् । उनले तनुसँग पुरै तीन राउन्ड खेलेकी थिइन् ।

यससँगै एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालको चुनौती समाप्त भएको छ । नेपालले च्याम्पियनसिपमा ३ कास्य जित्न सफल भयो । नारिका राईले ५७ केजी मुनि तथा छिरिङ वाङदी शेर्पा जुनियर ५४ केजी तौल समूहमा कास्य जित्न सफल भएका थिए ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज ईन्द्र बहादुर सुनार, सुदेन गिरी र युवा मुक्केबाज सुलभ मालीले पदक जित्न सकेनन् । २० अगस्तदेखि सुरु भएको च्याम्पियनसिप ३१ अगस्टसम्म सञ्चालन हुनेछ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.