4 years ago
September 3, 2021
हिमाल खरेल, बिर्तामोड
एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपकी कास्य पदक विजेता झापाकी नारिका राईलाई गृहनगर भद्रपुरमा स्वागत सम्मान गरिएको छ ।
भद्रपुर–९ घर भएकी १७ वर्षीय नारिकाले ५७ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन् । झापा जिल्ला बक्सिङ संघका पदाधिकारी तथा खेलाडीहरूले नारिकालाई भव्य स्वागत गर्दै सम्मान गरेका हुन् ।
प्रमुख प्रशिक्षक दिपक महर्जन, बक्सिङ प्रशिक्षक डम्बरबहादुर लिम्बू र टिम व्यवस्थापक तर्कराज राईसँगै नरिका काठमाडौँबाट झापासम्म आएकी थिइन् । झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा निरिकालाई सम्मान गरिएको थियो ।
नारिकालाई भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, संघका झापा अध्यक्ष सञ्जीव घोषसहितको खेल सम्बद्ध टोलीले विशेष स्वागत तथा सम्मान गरेको हो ।
संयुक्त अरब इमिरेट्स (दुबई) मा यसै साता सम्पन्न च्याम्पियनसिपमा नारिकासहित ३ खेलाडीले कास्य पदक जितेका थिए । स्वस्तिका तिरुवाले लाइट बेन्टम ५२ केजी मुनी र र छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ केजी मुनि कास्य पदक जितेका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]