4 years ago
September 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको पाँचौं चरणको खेल सकिँदा ५ खेलाडीले संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् ।

कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा संचालित प्रतियोगिताको तेस्रो दिन बिहीबार चौथो र पाँचौं चरणको खेलपछि सजिलोसिभी डटकमका फिडेमास्टर रुपेश जैसबाल, थापाथलि चेस पार्कका फिडेमास्टर क्षितिज भण्डारी, डाइनामिक चेस एकेडेमी दमकका भुपेन्द्र निरौला, फिडेमास्टर मनिष हमाल र पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली समान साढे चार अंकका संयुक्त रुपमा अगाडि रहेका छन् ।
ललितपुर स्पोर्टस् क्लबद्धारा आयोजित प्रतियोगितामा एसियन एमेच्योर च्याम्पियन हेटौडाका कृष्ण थापा, भक्तपुरका युवा खेलाडी निकेन कुसाथा, दमकका राजन सुवेदी र सर्लाहीका कमल श्रेष्ठले समान ४ अंकसहित दोश्रो स्थानमा छन् ।
पाँच दिने प्रतियोगितामा स्वीस लिग अनुसार ९ चरणका खेलहरु हुनेछन् । प्रतियोगिताको विजेताले ५० हजार, दोश्राले ३० हजार, तेश्राले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट ३३ जनाले कुल ३ लाख १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । चौथो दिन शुक्रबार छैटौं र सातौं चरणका खेल हुनेछन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]