default_image

4 years ago

September 11, 2021

फिडेमास्टर रुपेशलाई चेस उपाधि

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिडेमास्टर रुपेश जैसवालले नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।

सजिलोसिभी डटकमका रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त गर्दै ५० हजार रुपैयाँसहित रनिङ्ख शिल्ड, ट्रफी प्राप्त गरे ।त्यसैगरी समान साढे ७ अंक प्राप्त गरेपनि प्रोग्रेसिव टाइब्रेकमा थापाथलि चेस क्लबका फिडे मास्टर क्षितिज घिमिरे दोश्रो र सर्लाहीका कमल श्रेष्ठ तेश्रा भए । क्षितिजले ३० र कमलले २० हजार रुपैयाँ प्राप्त गरे ।

ललितपुर स्पोर्टस् क्लबद्धारा आयोजित प्रतियोगितामा डाइनामिक चेस एकेडेमी दमकका भुपेन्द्र निरौला चौथौं, भक्तपुरका युवा खेलाडी निकेन कुसाथा पाँचौ, सुमन लामा छैटौं, गणेशमान दुवाल सातौं, रौटहतका शुशिल चौधरी आठौं, दोलखाका राजिव कार्की नवौं र फिडेमास्टर मनिष हमाल दशौं भए ।

पाँच दिने प्रतियोगितामा महिलातर्फ सुजाना लोहनी विजयी भइन् । अनिषा न्यौपाने दोस्रो र आभा पुडासैनी तेस्रो भइन् । सुजनाले १० हजार, अनिषाले ८ हजार र आभाले ६ हजार रुपैयाँ प्रापत गरिन् । यसैगरी सजिन महर्जन ललितपुर उत्कृष्ट भई ७ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहमा प्रमुख अतिथि राखेपका सदस्यसचिव रमेश सिलवाल, ललितपुरका समाजसेवी प्रकाशनन्दन जोशी, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाललगायतले पुरस्कृत गरे ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.