4 years ago
September 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पुलिससँगको हारले पनि गण्डकी समूह उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो ।
पहिलो र दोस्रो सेटमा समान २५–१४ र २५–१४ को सेटमा सहज जित निकालेको पुलिसले तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।जितपछि पुलिसले समूहमा शत प्रतिशत तीन जित निकाल्दै ९ अंक जोड्यो । गण्डकीले ३ खेलबाट ५ अंक जोड्यो । यो समूहबाट मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लबले समूह चरण पार गर्न सकेन ।

यसअघि मंगलबार आर्मी समूह ‘सी’ बाट तथा एपिएफ समूह ‘डी’ को समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । समूह ‘सी’ बाट नयाँ बजार र समूह ‘डी’ बाट ढोरपाटन समूह उपविजेता बन्यो ।
च्याम्पियनसिपमा बुधबार पुरुषतर्फ मणिमुकुन्द र दावाली मिलन क्लब, टिप टप हेल्प नेपाल स्पोर्टस् क्लब र गल्कोर्ट स्पोर्ट्स क्लब तथा प्रदेश २ र बागमती प्रदेशबीच खेल हुनेछ । महिलातर्फ ढोरपाटन र नेपाल पुलिस क्लब तथा एभरेस्ट र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]