default_image

4 years ago

October 26, 2021

सनिल विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मुक्केबाज सनिल शाही सर्बियाको बेलग्रेडमा सोमबार सुरु भएको २१ औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप अन्तर्गत ६७ केजी तौल समूहको अन्तिम ३२ मा पुगेको छ ।

नेपाली समय अनुसार सोमबार राती ९ः४५ मा सुरु हुनु पर्ने प्रतिस्पर्धामा इराकी खेलाडी इसाम अल अगाइडी रिङमा उपस्थित नभएपछि सनिल स्वत विजेता घोषित भएका हुन् । अब सनिलले बिहीबार आयोजिक सर्बियाका खेलाडीसँग अन्तिम १६ को प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । दुई वर्षअघि स्वदेशमा भएको १३ औं सागमा सनिलले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।

कात्तिक २० गते सम्म हुने प्रतियोगितामा सनिलसहित ४ नेपाली मुक्केबाजले भाग लिइरहेका छन् । १३ औं सागका अर्का स्वर्ण पदक विजेता भुपेन्द्र थापाले ६३.५ कजेीमा, कास्य पदक विजेता पुरन राईले ५७ केजीमा र रविन थापाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्रले आज दिउँसो फ्रान्सका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । डिश होमको एक्सन स्पोर्टस एचडी १ ले च्याम्पियनसिपको प्रत्यछ्य प्रसारण गर्नेछ ।

विश्वका १ सय ५ राष्ट्रका ६ सय ५० खेलाडीले १३ वटा तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् । हरेक तौल समूहको स्वर्ण पदक विजेताले एक लाख, रजत पदक जित्ने ५० हजार र कास्य पदक जित्ने दुर्ई खेलाडीले २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.