4 years ago
October 27, 2021
अर्जुन कार्की, बागलुङ
गल्कोट नगरपालिकाले दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष तर्फको फाइनलमा बुधबार आयोजक ढोरपाटनलाई ३–२ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो ।
त्रिभुवन आमीृ क्लबका अधिकांश खेलाडी समावेश गल्कोटले तथा शसस्त्र प्रहरीको एपिएफ र आर्मीका खेलाडी समावेश ढोरपाटनबीचको खेलबीच तिब्र प्रतिस्पर्धा भएको थियो । गल्कोट २६–२४,२२–२५,२७–२५,२२–२५ र १५–१३ ले विजयी भएको थियो ।
गल्कोट नगरपालिकामा नेपाल आर्मीका धन बहादुर भट्ट, हरि अधिकारी, मान बहादुर श्रेष्ठ, दुर्गा खड्का र राजेन्द्र विष्ट सहित गण्डकी प्रदेशका सुजन चोखाल र राजन दर्लामी मगर समावेश थिए । यस्तै ढोरपाटन नगरपालिकाको टिममा एफिएफ क्लबका रुपेन्द्र गैरे, दुर्गा सुनार, विजय मगर, सुनिल मगर र आर्मीका दिल सुनारको सहभागी थिए ।
बुधबार भएको महिला भलिबल प्रतियोगिताको उपाधि तमानखोला गाउँपालिका (ए)ले जितेको छ । फाइनल खेलमा तमानखोला गाउँपालिका (बी)लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजयी टोलीमा आर्मीकी स्पाइकर एवम् राष्ट्रिय महिला भलिबल टिमकी सदस्य साफिया पुन समावेश भएकी थिइन् ।
गल्कोट नगरपालिकाले उपाधिसहित १ लाख १ हजार १ सय ११ र ढोरपाटन नगरपालिकाले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । महिला तर्फको विजेता तमानखोला गाउँपालिकाले (ए)ले ६१ हजार १ सय ११ रुपैयाँ र तमानखोला गाउँपालिका (बी)ले ४१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]