default_image

10 months ago

July 5, 2023

प्रकाश दाहाल स्मृति बक्सिङमा आर्मी च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल आर्मी क्लब प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । आर्मीले महिला र पुरुष दुवैतर्फको उपाधि जितेको हो । नेपाल बक्सिङ संघको तत्वावधानमा बूढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वर्ण, ५ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । […]

169 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल आर्मी क्लब प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । आर्मीले महिला र पुरुष दुवैतर्फको उपाधि जितेको हो ।

नेपाल बक्सिङ संघको तत्वावधानमा बूढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वर्ण, ५ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । महिलामा च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको थियो ।

बूढानीलकण्ठस्थित गणेश माविमा भएको प्रतियोगिताको पुरुषमा बक्समान्डुका सिंवीर लिम्बू तथा महिलामा जेन एक्सकी स्वस्तिका तिरुवा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ५० हजार नगद पुरस्कार हात पारेका थिए ।

विजेतालाई उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व मन्त्री विना मगरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । प्रतियोगिताको पुरुषमा १३ तथा महिलामा ९ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५÷१५ हजार नगद पुरस्कार हात पारेका थिए ।

Success

Thank you for your time.