default_image

5 years ago

January 10, 2019

ललिता र विमलालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको इन्द्रमाया महर्जन मेमोरियल अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालले वर्चस्व जमाएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी नेपालकी ललिता महर्जन र र विमला श्रेष्ठले स्वर्ण जितेकी छन् । बोसीगाउमा बिहीबार सकिएको च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा नेपालकी ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण जितिन् । […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको इन्द्रमाया महर्जन मेमोरियल अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालले वर्चस्व जमाएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी नेपालकी ललिता महर्जन र र विमला श्रेष्ठले स्वर्ण जितेकी छन् ।

बोसीगाउमा बिहीबार सकिएको च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा नेपालकी ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण जितिन् । महिला ५१ केजीमा आर्मीमा आवद्ध नेपालकी विमला श्रेष्ठले नेपालकै माला राईलाई अंकको आधार ३–२ ले पछि पार्दै स्वर्ण जितिन् ।

महिला ५४ केजीमा आर्मीमा आवद्ध नेपालकी मिनु गुरुङले नेपालकी निसा तामाङलाई उपाधि भिड्न्तमा अंकको आधारमा ३–२ ले हराउदै स्वर्ण जितिन् । महिला ६० केजीको उपाधि भिड्न्तमा एपीएफमा आवद्ध संगिता सुनारले नेपालकै पुनम रावललाई अंकको आधारमा ३–२ ले हराउदै स्वर्ण जितिन् ।

बोसीगाउमा भएको पुरुष ४९ केजीको फाईनल भिड्न्तमा नेपाली सेनामा आवद्ध तेजवहादुर देउवाले नेपालकै प्रदिप महर्जनलाई नकाआउट गदै स्वर्ण जिते । पुरुष ५२ केजी तौल समूहको उपाधि भिड्न्तमा नेपाली सेनामा आवद्ध प्रेम चौधरीले भारतका सचिनलाई आरएससीको आधारमा पराजित गदै स्वर्ण जिते ।

पुरुष ५६ केजी तौल समूहको फाईनल खेलमा नेपालका पुरन राईले नेपालकै बिमल रोकामगरलाई पराजित गदै स्वर्ण जितेका छन् । पुरुष ६० केजीको फाईनलमा भुटानका निमा दोर्जीले नेपालका एकवहादुर घलेलाई अंकको आधार ३–२ ले स्तब्ध पादै स्वर्ण जित्न सफल भए । पुरुष ६४ केजीमा नेपाल पुलिसमा आबद्ध भुपेन्द्र थापामगरले भुटानका दोर्जी वाङ्जेली उपाधि भिडन्तमा अंकका आधारमा ५–० ले पराजित गदै स्वर्ण जितेका छन् ।

पुरुष ६९ केजीको फाईनल भिडन्तमा नेपाल एपीएफमा आवद्ध बिकास लामाले नेपालकै बिष्णुप्रसाद घलेलाई अंकका आधारमा ५–० ले पराजित गदै स्वर्ण जितेका छन् । पुरुष ७५ केजीमा नेपाल आर्मीमा आवद्ध दिपक श्रेष्ठले नेपालकै रवि सुनारलाई नकआउट गदै स्वर्ण जिते ।

बिजेतालाई नेकपा सभासद पम्फा भुसाल, जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरे ।

Success

Thank you for your time.