default_image

5 years ago

April 14, 2019

माला र विमला फाइनलमा

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिनको खेलमा जित हासिल गर्दै माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् । बांकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विधालयमा आइतबार भएको महिला फ्लाइवेट अन्तर्गत ५१ केजी तौल समूहको खेलमा एपीएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश […]

42 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिनको खेलमा जित हासिल गर्दै माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् ।

बांकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विधालयमा आइतबार भएको महिला फ्लाइवेट अन्तर्गत ५१ केजी तौल समूहको खेलमा एपीएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश १ की रोशिना लावतीलाई रेफ्रि स्टप कन्टेस्ट (आरएससी) को आधारमा हराइन् । यस्तैगरी अर्मीकी विमलाले पनि प्रदेश ३ की रोशनी राईलाई अंकको आधारमा ५–० ले पराजित गरिन् ।

यसैगरी वेल्टर वेट अन्तर्गत महिला ६४ केजी तौल समूहको खेलमा आर्मीकी पूनम रावलले प्रदेश १ की तृषा जागेबु लिम्बूलाई आरएससीको आधारमा हराउंदै फाइनलमा प्रवेश गरिन् । सोही तौलको अर्को सेमिफाइनलमा एपीएफकी बिनिता थापा मगरले पनि प्रदेश ५ की माया चौधरीलाई एबीडी कन्टेस्टको आधारमा हराउंदै फाइनलमा पूनमसंग भेट पक्का गरिन् ।

त्यसअघि आइतबारै भएको क्वाटरफाइनल खेलहरुमा जित हासिल गर्दे प्रदेश ३ की शिवानी श्रेष्ठ र नेपाल पुलिसकी निशा तामाङले पनि सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । बेन्टम वेट क्याटोगोरी अन्तर्गत महिला ५४ केजी तौल समूहको खेलमा शिवानीले प्रदेश ५ की सुष्मा पुनलाई अंकको आधारमा ४–१ ले हराइन् । त्यसैगरी निशाले पनि प्रदेश ७ की हरिना अएरलाई अंकको आधारमा ५–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिन् । सोही तौलको अर्को क्वाटरफाइनलमा एपीएफकी सन्जुमाया थिङले प्रदेश ४ की जोशिका श्रेष्ठलाई नकआउटको आधारमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन् ।

यसैगरी महिला फेदरवेट अन्तर्गत ५७ केजी तौल समूहको क्वाटरफाइनलमा नेपाल आर्मीकी चन्द«कला थापा, एपीएफकी माया चौधरी, प्रदेश ७ की भावना ऐरी र प्रदेश १ की दिया लिम्बुले सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । चन्द«कलाले प्रदेश ३ की कुसुम तामाङलाई यूनानिमोस डिसिजनको आधारमा पाखा लगाउंदा मायाले प्रदेश ४ की माया गुरुङलाई एबीडी कन्टेस्ट तथा भावनाले प्रदेश ६ की राधा बिकलाई रेफ्रि स्टप कन्टेस्टको आधारमा हराइने । सोही तौलको अर्को खेलमा दियाले प्रदेश ५ की लक्ष्मी घर्तीमगरलाई अंकको आधारमा हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

यसैगरी महिला ६० केजी तौल समूहको सेमिफाइनलमा प्रदेश ५ की संगीता दंगाल, प्रदेश ७ की संगिता चौधरी र नेपाल आर्मीकी सबिना श्रेष्ठले स्थान पक्का गरिन् । संगीताले प्रदेश ६ की रिता बिकलाई अंकको आधारमा ४–१ ले हराउंदा चौधरीले प्रदेश ४ की अस्मिता बस्नेतलाई आरएससी आधारमा पराजित गरिन् । यस्तै सबिनाले प्रदेश १ की रञ्जिता मगरलाई एबीडी कन्टेस्टको आधारमा हराउंदै अन्तिम चारमा प्रवेश गरिन् ।

Success

Thank you for your time.