default_image

1 year ago

November 7, 2022

पब्जीमा नेपाली टोलीले जिते ८५ लाख रुपैयाँ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित मोबाइल गेम पब्जी (प्लेयर्स ब्याटल अन्डरग्राउन्ड) को दक्षिण एसियाली च्याम्पियनसिप पीएमपीएल साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपाली टोलीहरुले कुल ८५ लाख नेपाली रुपैयाँभन्दा बढी पुरस्कार रकम जितेका छन् । उपाधि दावेदारको रुपमा हेरिएको नेपाली टिम द रियल सोल्जर्स (डीआरएस) गेमिङ अन्तिम समयमा चुक्न पुग्दा दोस्रो स्थानमा […]

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित मोबाइल गेम पब्जी (प्लेयर्स ब्याटल अन्डरग्राउन्ड) को दक्षिण एसियाली च्याम्पियनसिप पीएमपीएल साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपाली टोलीहरुले कुल ८५ लाख नेपाली रुपैयाँभन्दा बढी पुरस्कार रकम जितेका छन् ।

उपाधि दावेदारको रुपमा हेरिएको नेपाली टिम द रियल सोल्जर्स (डीआरएस) गेमिङ अन्तिम समयमा चुक्न पुग्दा दोस्रो स्थानमा सिमित भएको थियो । नेपालकै स्काइलाइट गेमिङले तेस्रो स्थान हासिल गर्यो । डीआरएस र स्काइलाइटसँगै पाँचौ भएको ट्रेन्ड टु किल (टि२के) ग्लोबल च्याम्पियनसिपका लागि छनोट भए ।

कुल १ लाख ५० हजार अमेरिकी डलर पुरस्कर रहेको च्याम्पियनसिपमा मंगोलियाको गडलाइक स्टलवार्टले सर्वाधिक २ सय ६४ अंक जोड्दै उपाधि जित्यो । चार दिन चलेको प्रतियोगितामा डीआरएसलाई गडलाइकले कडा चुनौती दियो । अन्त्यमा गडलाइकभन्दा ८ अंक पछि रहँदै डीआरएस उपविजेता बनेको हो । स्काइलाइट २ सय ३१ अंकसहित तेस्रो स्थानमा रह्यो । पाकिस्तानको एजीएक्सआईएट (२ सय २९ अंक) चौथो र नेपाली टिम ट्रेन्ड टु किल (२ सय २० अंक) पाँचौं स्थानमा रहे ।

उपाधि विजेता गडलाइटले ४० हजार डलर पुरस्कार पाउँदा डीआरएसले २८ हजार डलर (करिब ३६ लाख रुपैयाँ), स्काइलाइटले १८ हजार (रु.२३ लाख), ट्रेन्ड टु किलले ७ हजार डलर पाउँदा सातौं भएको हाइ भोल्टेजले ५ हजार ५ सय, १२ औं भएको इलेमेन्ट्रिक्सले ४ हजार र १५ औं भएको भेनम लिजेन्ड्सले ३ हजार डलर प्राप्त गरे ।

नेपालका डीआरएस, स्काइलाइट र ट्रेन्ड टु किल पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ का लागि छनोट भएका छन् । कुल ४० लाख डलर पुरस्कारको ग्लोबल च्याम्पियनसिप दुई चरणमा हुनेछ । लिग चरण २०२२ नोभेम्बर १० देखि डिसेम्बर ४ सम्म मलेसियामा र फाइनल २०२३ जनवरी ६ देखि ८ सम्म इन्डोनेसियामा आयोजना हुनेछ ।

Success

Thank you for your time.