default_image

7 years ago

September 21, 2017

मास्टर सेलेक्सन गल्फ भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद)– रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को शतवार्षिकीको अवसरमा शुक्रबार र शनिबार दुई दिन मास्टर सेलेक्सन गल्फ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आरएनजिसी क्लबमा हुनेछ । आयोजक विजय डिस्टिलरी प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता अन्डर स्टेबल फोर्ड ३/४ ह्याण्डीक्यापको आधारमा हुने जानकारी दियो । प्रतियोगितामा आरएनजिसीका सदस्य खेलाडीले मात्र […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को शतवार्षिकीको अवसरमा शुक्रबार र शनिबार दुई दिन मास्टर सेलेक्सन गल्फ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आरएनजिसी क्लबमा हुनेछ । आयोजक विजय डिस्टिलरी प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता अन्डर स्टेबल फोर्ड ३/४ ह्याण्डीक्यापको आधारमा हुने जानकारी दियो ।

प्रतियोगितामा आरएनजिसीका सदस्य खेलाडीले मात्र भाग लिन पाउनेछन् । महिलातर्फ ८ र पुरुषतर्फ एक सय खेलाडीले प्रतियोगितामा भाग लिने नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवालले जानकारी दिए । वर्षायाम सकिएपछिको पहिलो प्रतियोगिताको रुपमा रहेको मास्टर सेलेक्सन गल्फको विजेताले दुई जनाका लागि काठमाडौं थाइल्याण्ड आते जाने हवाइ टिकट प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले काठमाडौँ दिल्लीको हवाइ टिकट प्राप्त गर्नेछन् ।

यस्तै बेष्ट ग्रसको विजेताले काठमाडौँ पोखरा आउने जाने र बस्ने टिकट पुरस्कार वापत जित्नेछन् । विजेताहरुको लागि आयोजक विजय डिस्टिलरीले बिशेष एडिसनबाट मास्टर सेलेक्सन ब्लेनडेड माल्ट ह्विस्की समेत बजारमा ल्याएको छ । उक्त ह्विस्कीको उद्घाटन प्रतियोगिताको अन्तिम दिन हुने शनिबार जावलाखेल गु्रप अफ इन्ड्रष्टिजका सुनिल श्रेष्ठले जानकारी गराए ।

Success

Thank you for your time.