default_image

7 years ago

September 23, 2017

शैलेश मास्टर गल्फ मास्टर सेलेक्सन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – शैलेश सांघाई रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को शतवार्षिकीको अवसरमा आयोजित मास्टर सेलेक्सन गल्फ प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ । आरएनजिसी गल्फ भएको दुई दिन भएको प्रतियोगितामा अन्तिम दिन शनिबार ३९ स्कोर गर्दै शैलेस च्याम्पियन बनेका हुन् । भरत बस्तोकोटी दोस्रो भए । यस्तै महिलातर्फ कल्पना लिम्बु पहिलो भइन् । रेखा […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शैलेश सांघाई रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को शतवार्षिकीको अवसरमा आयोजित मास्टर सेलेक्सन गल्फ प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ । आरएनजिसी गल्फ भएको दुई दिन भएको प्रतियोगितामा अन्तिम दिन शनिबार ३९ स्कोर गर्दै शैलेस च्याम्पियन बनेका हुन् । भरत बस्तोकोटी दोस्रो भए ।

मास्टर सेलेक्सन गल्फका विजेताहरु । तस्बिर: विवेक सुवेदी/ हाम्रो खेलकुद

यस्तै महिलातर्फ कल्पना लिम्बु पहिलो भइन् । रेखा घिमिरेले दोस्रो स्थान प्राप्त गरिन् । कल्पनाले ३२ तथा रेखाले ३९ स्कोर गरिन् । गोपाल चित्रकार सिनियर तर्फको विजेता बन्दा गजेन्द्र बहादुर लिम्बु दोस्रो भए । कल्याण श्रेष्ठ सुपर सिनियरतर्फको विजेता बने । बेष्ट ग्रसर फुन्टसोक निमा लामाले जिते । तहिर शाह सर्वाधिक बडिज गर्ने खेलाडी बने । आङ नोर्वु शेर्पा लङगेष्ट ड्राइभ गर्ने खेलाडी घोषित भए ।

यस्तै मिडियातर्फको उपाधि हाम्रो खेलकुद डटकमका फोटा पत्रकार विवेक सुवेदीले जिते । मास्टर सेलेक्सन गल्फको विजेता शैलेस सांघाईले दुई जनाका लागि काठमाडौं थाइल्याण्ड आते जाने हवाइ टिकट प्राप्त गरे । उपविजेता बनेको भरत बस्ताकोटीले काठमाडौँ दिल्लीको हवाइ टिकट प्राप्त गरे । यस्तै बेष्ट ग्रसको विजेता फुन्टसोक निमा लामाले काठमाडौँ पोखरा आउने जाने र बस्ने टिकट पाए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष टासी घले लगायतले पुरस्कृत गरे ।

सोही अवसरमा आयोजक विजय डिस्टिलरीले बिशेष एडिसनबाट मास्टर सेलेक्सन ब्लेनडेड माल्ट ह्विस्की समेत बजारमा ल्याएको छ । उक्त ह्विस्कीको उद्घाटन प्रतियोगिताको अन्तिम दिन हुने शनिबार जावलाखेल गु्रप अफ इन्ड्रष्टिजका प्रमुख म्यागी शाहले उद्घाटन गरिन् । आयोजक विजय डिस्टिलरी प्रालिको आयोजनामा भएकोदुई दिने प्रतियोगिता अन्डर स्टेबल फोर्ड ३/४ ह्याण्डीक्यापको आधारमा भएके थियो । प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ एक सय खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।

मिडियातर्फका विजेता विवेक सुवेदी पटिङ गर्दै ।

Success

Thank you for your time.