default_image

7 years ago

October 14, 2017

कुमार एमेच्योर गल्फ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– कुमार केसी घनश्याम प्रोफेसनल गोल्डेन जुब्ली खुला गल्फ च्याम्यिनसिप अन्र्तगतको एमेच्योर गल्फ तर्फको च्याम्पियन बनेका छन् । रोयल नेपाल गल्फ क्लबमा शनिबार भएको च्याम्पियनसिपको अन्तिम दिन ४० अंक जोड्दै कुमार च्याम्पियन बनेका हुन् । उनले आर्मीका विष्णु कार्कीलाई एक अंकले पछि पारे । महिलातर्फ रेखा घिमिरे च्याम्पियन बनिन् । उनले ३४ अंक […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कुमार केसी घनश्याम प्रोफेसनल गोल्डेन जुब्ली खुला गल्फ च्याम्यिनसिप अन्र्तगतको एमेच्योर गल्फ तर्फको च्याम्पियन बनेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा शनिबार भएको च्याम्पियनसिपको अन्तिम दिन ४० अंक जोड्दै कुमार च्याम्पियन बनेका हुन् । उनले आर्मीका विष्णु कार्कीलाई एक अंकले पछि पारे । महिलातर्फ रेखा घिमिरे च्याम्पियन बनिन् । उनले ३४ अंक स्कोर गरिन् । अश्रिया बानु ३१ सहित दोस्रो भइन् । बिबि थापा सिनियर पुरुषतर्फको विजेता र राम बहादुर गुरुङ दोस्रो भए ।

नरेन्द्र कुमार राई सुपर सिनियरको विजेता बने । जुनियरमा मास्टर शाश्वत प्रधान विजेता बने । निर्भन शर्मा दोस्रो भए । फुन्टसो नोर्बु लामाले बेष्ट ग्रस तथा लंगेस्ट ड्राइभको विजेता बने । ०–९ ह्याण्डीक्यापमा मिथुन राई, १०–१८ मा रविन्द्र तिवारी, १९–२४ मा प्रिन्स भण्डारी विजेता बने । टासी घले मोष्ट बर्डिजको विजेता बने ।

महेन्द्र कान्त मैनाली कुलेष्ट टु दि पिनको विजेता बन्दा निराकर शर्माले बबी विनको विजेता बने । शुक्रबारबाट शुरु भएको च्याम्पियनसिपको सबै फरम्याट ३÷४ ह्याण्डी क्यापको आधारमा भएको थियो । विजयी खेलाडीहरुलाई प्रधान सेनापति राजेन्द्र क्षेत्री लगायतले पुरस्कृत गरे ।

Success

Thank you for your time.